पाठेघर प्रत्यारोपणमा एउटा दूर्लभ चमत्कार, मृत महिलाको पाठेघर प्रत्यारोपण गरी बच्चा जन्मियो


अमेरीकाकी एक महिलाको शरिरमा अर्की एक मृत महिलाको पाठेघर प्रत्यारोपण सफल भएपछि उनले बच्चालाई जन्म दिएकी छिन् । यसरी जन्म भएको बच्चाको नाम बेन्जामिन राखिएको छ भने उनको चर्चा अहिले विश्वभर चुलिएको छ ।

पाठेघर प्रत्यारोपण प्रविधि र पहुँच सहज भएमा जुनसुकै लिङ्गका मान्छेले पनि पाठेघर प्रत्यारोपण गरि बच्चा जन्माउन सक्षम हुनेछन् । विश्वमा बढ्दो तेश्रोलिङ्गीको आवाज, अधिकार अनि क्लीनीकल ट्रायलमा यस पाठेघर प्रत्यारोपण प्रविधिले आमा बन्न सक्ने सम्भावना सबैजनालाई प्रदान गर्ने विश्वास गरिएको छ ।

जेनीफर गोब्रेज र ड्रियू गोब्रेज बिहिबार अमेरिका फिलाडेल्फीयामा पत्रकारहरु सामु देखिए, पेन मेडिसिनको प्रथम पाठेघर प्रत्यारोपण ट्रायलबाट उनीहरुले छोरा जन्माएका हुन्, पेन मेडिसिनका अनुसार अमेरिकामा पाठेघर प्रत्यारोपण पछि जन्मीएका बेन्जमिन आठौं बच्चा हुन् । जेनीफर एकजना महिला भइकन पनि जन्मजातै उनको शरीरमा पाठेघर थिएन । एक मृत महिलाको शरीरबाट झिकिएको पाठेघरलाई १० घण्टा लगाएर गरिएको शल्यक्रिया मार्फत जेनीफरको शरीरमा प्रत्यारोपण सम्पन्न गरिएको थियो । जेनीफरलाई भएको जस्तो समस्या हरेक ४५०० महिलाहरुमा एकजनालाई देखिने तथ्य छ । १७ वर्षको उमेरमा जेनीफरलाई आफू पाठेघर नभएका कारणले आमा बन्न सक्दिन भन्ने थाहा भएको थियो ।

विश्वभरि अहिलेसम्म केवल ७० वटा मात्र सफल पाठेघर प्रत्यारोपणका चिकित्सकीय चमत्कारहरु सम्भव भएकाछन् । पेन मेडिसिनले पाठेघर प्रत्यारोपणका लागि अध्ययन र सेवाहरु प्रदान गर्दै आएको छ । अधिकांश मानव अङ्ग प्रत्यारोपण जिवित मान्छे या अर्धमृत मान्छेका शरीरबाट लिइने प्रावधान भएपनि पाठेघर चाँही पूर्ण मृत व्यक्तिको शरीरबाट लिन सकिने अगं हो भनी पेन मेडिसिनले बिज्ञप्तीमा उल्लेख गरेको छ ।

आधूनिक मानवहरुको दैनिकीमा भएको अनेक परिवर्तन, खानपान तथा वातावरण जस्ता अनेक परिवर्तनहरुले विश्वमा बाँझोपन बढ्दो छ र एउटा दरिलो समाधान भनेको महिलाहरुमा पाठेघर प्रत्यारोपण नै हो भनी पेन मेडिसिनले बताएको छ । अहिलेका बच्चा बेन्जमिन प्राविधिक रुपमा एकजना मृत आमाको पाठेघरबाट जन्मिएका बालक हुन्, अझ भन्नुपर्दा मृत आमाको पाठेघरलाई उनको आमाको शरीरमा प्रत्यारोपण गरि बावु र आमाको भ्रुण त्यस पाठेघरमा स्थापित गराएर जन्मिएका बेन्जमिनको जीवन राम्रो होस्, शुभकामना !


Loading comments...