
हेर्नुहोस् कमेडियन कपील शर्माको “मुटुको टुक्रा”
२ माघ २०७६, बिहीबार २२:०९
सन् २०१९ को डिसेम्बर १० मा कपिल शर्मा पिता बनेका हुन्, उनकी एक छोरी छिन् । भारतीय कमेडीको क्षेत्र अनि टेलीसिरियल जगतमा सानो पर्दामा कमेडि शो कमेडि विथ कवि शर्माबाट कपिल भारतमा असाध्यै चर्चामा छन् । सहकर्मीसँगको नियमित विवादका श्रृंखलाले करियरमा निकै ओरालो पनि लागिसकेका कपिल अहिले आएर फेरि चर्चामा आएका हुन्, भारतको सानो पर्दाका कार्यक्रमहरुमा कपिल को शो को दर्शकहरु सर्वाधिक भएको रेकर्ड पनि छ ।
Meet our piece of heart “Anayra Sharma” ❤️ ? #gratitude pic.twitter.com/2z1dNco7Iz
— Kapil Sharma (@KapilSharmaK9) January 15, 2020
उनले भर्खरै आफ्नी छोरीको फोटो आफ्नो आधिकारीक ट्वीटर ह्याण्डिलमार्फत् शेयर गरेका छन्, उनका फ्यानहरु कपिल बुवा बनेको थाहा पाएर औधि खुशी त थिए तर छोरीका तस्वीरहरु गुपचुप नै राखिएपछि कपिलका फ्यानहरु अलिक दुखी पनि थिए ।
भर्खरै कपीलले “भेट्नुहोस् हाम्रो मुटुको टुक्रा अनायरा शर्मा” भनेर छोरीको तस्वीर ट्वीट गरेका छन् । यो समाचार तयार पारुञ्जेलसम्म ९ लाख भन्दा पनि धेरैपटक रिट्वीट भएको यस ट्वीटलाई ६० हजार भन्दा धेरैले अहिलेसम्म लाइक्स गरिसकेका छन् ।
छोरी जन्मेको भोलीपल्टै कपील आफ्नो शो मा पुगेका थिए, उनले चलचित्र छपाकको प्रोमोशन गर्न आएकी दिपीका पादुकोनलाई आफ्नी छोरीको तस्वीर फोनमा देखाएका पनि थिए ।
कपीलले गिन्नी चतरथसँग सन् २०१८ मा विवाह गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
बलिउड सिनेमाका ५ तारे समिक्षक तरन आदर्शले आफ्नो आधिकारीक फेसबुक अकाउन्टबाट यहि साता एउटा पोष्ट सार्वजनिक गरे जुन पोष्टमा नवपुस्ताका
भारत सरकारको अनुदान सहयोगमा तनहुँ जिल्लाको घिरिङ गाँउपालिकामा अवस्थित श्री दिपक माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन भएको छ । भारतीय
भारत सरकारको अनुदान सहयोगमा सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–६ मा अवस्थित सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्यूटको नवनिर्मित शैक्षिक भवनको उद्घाटन सम्पन्न भएको
विपद् न्युनीकरण प्रयासमा नेपाललाई निरन्तर सहयोग गर्ने हाम्रो प्रतिबद्धता अनुरुप नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गृह मन्त्रालय, सिंहदरबारमा आयोजित