Lifestyle Portal
  •   २५ बैशाख २०७८, शनिबार

अष्ट्रेलीयाको बुशफायर निभाउन प्रकृतिको साथ, अन्तत प्रशस्त पानी पर्यो

३ माघ २०७६, शुक्रबार १०:०४

अष्ट्रेलीयाको भयानक बुशफायरले विश्वमा निकै चर्चा पायो भने लाखौं जनावरहरु अनि निकै सकसपूर्ण पर्यावरणीय हानी पनि यस बुशफायरले गरायो । त्यपछि अलि अलि पानी परेको जानकारी आएपनि हिजोबाट ति बुशफायरका आगाका  लप्काहरु अब निमिट्यान्न पार्ने गरि वर्षा भएको छ ।


हिजोसम्म १२० ठाँउमा आगाका लप्काहरु थिए भनें ति लप्काहरु घटेर अब ८८ वटा मात्र बाँकी भएका हुन् । ३ महिनादेखि अग्नीनियन्त्रकहरुले पौंठेंजोरी खेलेर पनि निभाउन नसकेका आगोका लप्काहरु प्रकृतिले स्वयम निभाइदिन थालेको छ ।

संसारभरिका मान्छेहरुले यस समाचारलाई ब्यापक ट्वीट, रिट्वीट र शेयर गरेका छन्, अष्ट्रेलीयाका बादलहरुको कृपा जमिनमा रहिरहोस् ।


गत बर्ष सेप्टेम्बरदेखि यहाँको जङ्गलका झाडीहरुमा आगो लाग्न शुरू भएको थियो । कम्तिमा २८ जना मानिसहरु यस आगलागीको चपेटामा परी ज्यान गुमाईसकेका छन् ।

आगलागीको चपेटामा रहेको अष्ट्रेलियाको ठूलो क्षेत्र डेनमार्कको कूल क्षेत्रफलभन्दा ब्यापक छ । अहिलसम्म कम्तिमा दुई हजार भन्दा बढी घर नष्ट भएका छन ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका संस्थापक अध्यक्ष विजयकुमार शाहले कोभिड-१९ विरुद्ध लड्न काभ्रेस्थित धुलिखेल अस्पताललाई एक करोड ३५ लाख रुपैयाँ दिने

ढाका । बङ्गलादेश मुक्तियोद्धा मञ्चले बुधबार यहाँ चिनियाँ दूतावासको अगाडि एक मानव श्रृंखलाको विरोध प्रदर्शनको आयोजना गरेको छ एस आलम

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा जारी निषेधाज्ञाका क्रममा घरबाहिर निस्कनुपर्ने भएमा त्यसमा सहजीकरण गर्न थप व्यवस्था गरेको छ

काठमाडौँ– पूर्वरानी कोमलराज्य लक्ष्मी शाहलाई आईसीयूबाट वार्डमा सारिएको छ। कोरोनाभाइरसको संक्रमण भएपछि पूर्वरानी शाहलाई थापाथलीस्थित नर्भिक अस्पताल उपचार भइरहेको छ