
पश्चिमी न्यूनचापीय वायुका कारण वर्षा लम्बियो, सोमवारबाट मौसममा सुधार हुने
३ माघ २०७६, शुक्रबार १०:३६
नेपाल भित्रिएको पश्चिमी न्यूनचापीय वायुका कारण हिउँदे वर्षा लम्बिँए सँगै देशका विभिन्न भेगमा वर्षा भैरहेको छ।
गत सोमबार राति नेपाल भित्रिएको पश्चिमी न्यूनचापीय वायुका कारण बर्षा र हिमपात भएको जलबायु बिज्ञ डा। ङमिन्द्र दाहालले जानकारी दिए।
दाहालका अनुसार नेपाल भित्रिएको पश्चिमी न्यूनचापीय प्रणालीले नेपाल भित्री सँगै पश्चिम नेपालमा भारी हिमपात सुरु भएको थियो। त्यसपछि पश्चिम नेपालमा बिहीबारबाट मध्य र पूर्वी भूभागसम्म वर्षा भइरहेको छ।
उक्त बायुका कारण बिहीबार साँझदेखि जुम्ला, हुम्ला, मनाङलगायत हिमाली भेगमा भारी हिमपात भइरहेको छ भने मध्य पहाड, पूर्वी पहाड र तराईमा वर्षा भइरहेको हो।
हिउँदे वर्षा भए पनि यो वर्षापछि मौसममा तातोपन बढ्ने बताइएको छ।
शुक्रबार दिनभर मौसम बदली भएर देशका विभिन्न भागमा हल्कादेखि मध्यम वर्षा हुनेछ भने पश्चिमी उच्च पहाडी भेगमा भारी हिमपात हुनेछ। वर्षापछि तराईमा लागेको हुस्सु भने घट्ने छ।
दाहालले अहिले तिन दिन सम्मको मौसम पूर्वानुमान गर्न सकिने बताउँदै बिच बिचमा घाम झुल्किए पनि शनिबार पछी मात्रै क्रमश सुधार देखिए पनि सोमवारबाट मात्र मौसम सहज हुनेछ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति
वीरगञ्ज र यस वरपरका क्षेत्रको आर्थिक विकासको लागि केही लेख्न मन लागेको छ। यस लेखमार्फत मैले लेख्न खोजेको वा भन्न
काठमाडौँ । चालु आर्थिक बर्षका लागि काठमाडौँ महानगरपालिकाले लिएको क्षेत्रगत नीति कार्यान्वयन समीक्षा गर्न प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले विभागीय
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज