इरानको वर्तमान अवस्थाबारे इरानका पूर्व राजकुमार के भन्छन?


इरानका पूर्व राजकुमार रिजा पलहावीले वासिङ्गटनको हडसन ईन्सटिच्यूटमा एउटा कार्यक्रममा बोल्दै आफ्नो इरानप्रतिको भावना अभिव्यक्त गरेका छन् । ४० वर्ष अघि इरानमा भएको ब्यापक बिरोध र आन्दोलनपछि राजपरिवारसहित शाह पलहावीहरु इरानबाट भागेका थिए ।

पलहावीका अनुसार यो इरानका लागि एउटा अन्तको शुरुवात हो, अहिले इरानका जनताहरु सन् १९९७ जस्ता या सन् २००९ का जस्ता छैनन, स्वतन्त्र अनि आत्मनिर्भर इरानी यूवाहरु आशा चाहन्छन् र अब इरानले यूवाहरुका लागि खुल्ला र आशातित मार्ग दिन सक्नुपर्दछ । यि ४० वर्षहरुमा मान्छेहरुले अवसरका गन्धहरु पाउन थालेका छन् । इरानको अहिलेको शासनले स्वतन्त्रता र निर्भिक्तता जनताहरुमा दिन नसकेको पलहावीको तर्क छ । अहिलेको शासन ब्यबस्था र शासकहरु स्वतन्त्रताबिरोधी भएको पलहावीको भनाई रह्यो, उनका अनुसार स्वतन्त्र इरान र इस्लामीक अनि रुढीवादी इरानको बिचमा केवल अहिलेको सत्ता एउटा तगारो हो ।

यसरी इरानमा निरकुंश ब्यबस्था रहिरहेमा अन्तराष्ट्रिय समूदाय पनि चुप लागेर नबस्ने पलहावीले अमेरिकामा बताए । बिगतका ४० वर्षहरुमा इरानी शासकहरुले ब्यापार र कुटनिति दुबैलाई स्वतन्त्र नराखेको उनको आरोप छ, पटक पटक अमेरिकी शासनले इरानी ब्यबस्थाको त्यस निरकुंश संयन्त्रलाई हटाउन चाहेपनि केहि असर नभएकाले पलहावीले इरानको अहिले शासनपद्धति निकै कडा र यसलाई हटाउन पश्चिमाहरुले थप कसरत गर्नुपर्ने बताए । उनी स्पष्टसँगले इरानी शासन ब्यबस्था र शासकहरुसँग खुशी देखिएनन यद्धपी उनी इरानी जनताको स्वतन्त्रताको पक्षमा कटिवद्ध पनि पाइए ।


Loading comments...