भर्खरै भारतको नागरीकता पाएकी हिन्दु पाकिस्तानी महिला राजस्थानमा पञ्चायत चुनाव लड्दै


निता शोधा केहि महिनाअघि सम्म पाकिस्तानी थिइन तर यिनले भारतको नागरीकता पाएकी हुन् जस्को मुख्य आधार यिनको धर्म हो । उनी १८ वर्ष अघि भारत आएर त्यहाँ बसेकी हुन्, महिला अधिकार र उत्थानको क्षेत्रमा यिनी क्रियाशील थिइन । ४ महिना अघि भारतको नागरीकता पाएकी निता अब राजस्थान नटवर भन्ने ठाँउबाट पञ्चायतको चुनाव लड्ने भएकी छिन् । मेरा ससुरा पनि भारतीय प्रजातन्त्र र भारतीय न्यायका लागि लड्नुभयो अब म पनि वहाँको बाटो पछ्याउँदै सरपन्चको चुनाव लड्दै छु, उन्ले बताइन ।

उनी गाँउमा महिला शिक्षाको आधारस्तम्भ खडा गर्न चाह राख्दछिन् र भारतले ल्याएको नागरीकता बिधेयकको खुलेर समर्थन पनि गर्दछिन् । अफगानीस्थान, बगंलादेश र पाकिस्तानमा धार्मिक पूर्वाग्रहले प्रताडित हिन्दुहरुलाई अब हिन्दुस्तानमा आश्रय मिल्नेछ भन्ने कुरामा उन्को खुशी छ ।

उन्का अनुसार भारतमा पाकिस्तानमा भन्दा राम्रो र सहज अवस्था महिलाहरुका लागि छ । उनले भारतीय गाँउमा आफूले धेरै सहयोग र समर्थन पाएकी पनि बताइन ।

लाइभमाण्डु


Loading comments...