अमेरिकालाई हल्लाइदिएका ओशोको बारेमा नेटफ्लीक्सको सिरिजः वाइल्ड वाइल्ड कन्ट्री


ओशो एउटा जादु हो, दर्शनशास्त्र हो अनि एउटा जिवन ज्यूने स्वतन्त्र तवर हो । मान्छेको नाममा मात्र ओशो दर्शनलाई सिमीत नराख्ने हो भनें आजपनि वर्षेनी पुने भारतको ओशो सेन्टरमा २ लाख भन्दा ढिले भ्रमण गर्दछन्, दिक्षित हुन्छन् भनें ओशोका पुस्तकहरु पढ्ने, अनुवाद गर्ने अजि जिवनको पथमा रुपान्तरण गर्ने मान्छेहरुको जमात आज ओशोको मृत्यु भएको ३० औं वर्ष भइसक्दा पनि कमी आएको छैन । ओशोका पुस्तकहरु ६० भन्दा बढि भाषाहरुमा अनि २०० भन्दा बढि प्रकाशकहरुले प्रकाशन गरेका छन्, सामान्यतया ओशो या भगवान श्री रजनीशका नामले पनि ओशोलाई पुकारा गरिन्छ ।

यद्धपि ओशोको पहिचान र भगवानतत्वसंगै उन्को बारेमा भएका अफवाह, अबिछिन्न स्वतन्त्रताका आफ्टरम्याथहरु, अश्लीलता, तस्कर लगायतका कुराहरु पनि जोडिएर आँउछन् जुन कुनै षडयन्त्र थिए या सत्य नै भन्ने बिषयमा धेरै मतहरु छन् । भारतका एकजना सामान्य पिता र माताको घरमा जन्म भएका यि प्राध्यापकले भारत छाडेर अमेरिका र पश्चिमा मुलुकहरुमा एउटा सनसनी नै मचाए । पश्चिमा देशहरुले कहिले प्रभुपादा त कहिले स्वामी बिबेकानन्द लगायत धेरै सनातन दर्शनका अगुवाहरुलाई अत्याधिक प्रभाव जमाउने भयमा षडयन्त्र गरि पठाएको इतिहास नभएको हैन, के ओशोको पनि कहानी यस्तै हो या ओरिगन एन्टेलोपमा अरु नै केहि हुन्थ्यो पर्दा पछाडि भन्ने बिषय आजपनि सनसनीपूर्ण छ ।

जो त्यहाँ गए, ति सबै जना खुशी अनि जिवनले भरिए । त्यहाँ एउटा मायाको शहर नै बन्यो जस्लाई क्रमश लागुऔषध अनि अन्य षडयन्त्रहरुको आरोपमा डुबाउन थालियो या स्वयम डुब्न थाल्यो तर आजको २१ सौैं शताव्दीमा ओशोको वाणीहरुको चर्चा अनि ओशो बिरुद्धको पश्चिमाहरुको आरोपउत्तिकै चर्किरहेको पाइन्छ । यसै क्रममा बिश्वप्रसिद्ध वेबसिरिज निर्माता नेटफ्लीक्सले गत वर्ष  वाइल्ड वाइल्ड कन्ट्री भन्ने सिरिज बनायो । यस्को क्यााप्शनमा नै द फ्रि लभ कल्ट द्याट टेरोराइज्ढ अमेरिका अर्थात ति स्वतन्त्र प्रेम गुरु जस्ले अमेरिकामा आतंक मच्चाए भनिएको छ । सन्यासीनीहरुलाई ओरेन्ज पिपल अर्थात सुन्तला रगंका कपडा लगाउने मान्छे भनिएको छ भनें यि सिरिजमा ओशो आश्रमभित्र भएका निकै रोमाञ्चक क्रियाकलाप अनि अनौठो प्रकारको कराएर अनि नाचेर गरिने योगलाई डाइनामीक मेडिटेशनका रुपमा देखाइएको छ । हुन त कतिपय ओशोका तवरहरु सामान्य मान्छेका सोचमा अटाउने थिएनन, लाइभमाण्डुमा कहिलेकाँही म ओशोका बारे लेख्दछु ।

ओशो की सेक्रेटरी मा आनन्द शिलालाई मैले धेरै पुस्तक अनि अध्ययन पश्चात पछिल्लो शताव्दीकी सबै भन्दा बाठी अनि उदहारणीय महिलाका रुपमा ठम्याएको छु । ओशो आश्रम ओरिगनमा स्थापना गर्न, शहरका पुराना मान्छे भगाउन, त्यहाँ चुनाव गराएर पनि ओशो आश्रममको मतमा जिताउन शिला मा को ठूलो योगदान र दृष्टि छ । ओशो यदि कर्पोरेशन थियो भनें मा शिला त्यहाँकी पक्का ब्यबस्थापकीय प्रमुख हुनुहुन्थ्यो, वहाँको भर्खरै एउटा अन्र्तवार्ता हेरेको थिँए मैले भारतीय यूट्यूब च्यानलमा र ७० वर्षमा पनि उत्तिकै टाठी र दर्शनले भरिएकी मा शिलाका वक्तव्यहरु आज पनि स्पष्ट छन् । ओशोको अचम्मको जिवनशैली थियो, उन्का कारको संग्रह, हेलीकप्टर लगायत अन्य विलासिताका साधनहरु र उन्का वाणीको सरलतामा तालमेल नमिलेको हुनसक्ला तर ओशोको जिवन एउटा यस्ते कल्पवृक्ष थियो जहाँ यिनले चिताएका सबै कुराहरु पुगे । बेलायतका महारानीले आफ्नो प्राइभेट बाटोमा एक्लै कार चलाएर हरेक साँझ निस्कन अपुरो हुनसक्थ्यो तर ओशोको जिवनशैलीमा यो संभव थियो । उनी घण्टौंसम्म आफ्नो कारको संग्रहबाट मनपरेको कार लिएर एकल बाटोमा टहल्न निस्कन्थे, दैनिक ६ घण्टा बाथरुम मा नै बिताँउथे तर बानीले मात्र ओशोलाई ब्याख्या गर्न पाइन्न ।

ओशो एउटा जिवन ज्यूने कलाका प्रवर्तन थिए, बेलावखतमा आफूलाई स्वयम नै ब्यगं गरेर म बिश्वकै सर्वाधिक अल्छी गुरु पनि ओशोले भनेंका धेरै अन्र्तवार्ता छन् ।

मेरा लागि ओशो एउटा असाधारण कवी हुन्, म ओशोका वाणीहरुमा पनि कविता पाँउछु । बच्चामा ओशो टाइम्स पत्रिका बुवाले ल्याएर पढ्दा म दाह्री पालेका ओशोका तस्वीर र छोटा छोटा कवितालाई बुझ्न खोज्थेँ ।
उठाओ साज साजख्वानीयों के दिन आए
गाओ गलज गलजख्वानीओं के दिन आए

ओशोका केहि कविताहरु मलाई अझै याद छन् । जे होस् ओशो सन् १९९० म बितेपछि पहिले त यिनको मृत्यु बारेमा ठूलो बिवाद फैलियो अनि पछि क्रमश ओशो उपर धेरै आरोपहरु आउन थाल्यो । अब आएक आरोपलाई हाँसेर अनि तर्कपूर्ण रुपमा जवाफ फर्काउने ओशो बितिसकेका थिए, अमेरिकाको बिशाल आश्रम अक्शनमा बिकिसकेको थियो अनि धेरै कुराहरु छरिएका थिए ।

सन् १९८० मा भारत सरकारले करका मुद्धाहरुमा ओशो आश्रमलाई तवाह गरिदिएपछि ओशो अमेरिका मा ठूलो जमिन किनेर त्यहाँ पुगे । सन् १९९० मा मृत्यु भएका ओशोले यि १० वर्ष भन्दा कमको अमेरिका बसाईमा आधा पश्चिमलाई सनातन धर्मको दर्शनशास्त्र अनि प्रेमको नयाँ परिभाषा सिकाए ।

नेटफ्लीक्सले ओशोको यिनै कुराहरु समेटेर सिरिज बनायो, वाइल्ड वाइल्ड कन्ट्री नाम दिएर । ओरिगनको एन्टीलोपमा यिनका अनुयायीले जम्मा ४० जना पुराना सेनाका परिवार बस्ने शहरमा ठूलो ड्याम बनाएर घरहरु बनाएर अनि एयरपोर्ट, पानीजहाज आदिको ठाँउ बनाएर एउटा रामराज्य यूटोपिया बनाए, यी सिरिजहरु यिनै कुराहरुमा केन्द्रित छ ।

रोटन टोमेटोको विश्वप्रसिद्ध चलचित्र रिभ्यू संजालमा यी सिरिजलाई १०० प्रतिशत मुल्यांकन गरिएको छ । सिरिजहरु ६ भागमा राखिएका छन्, यसमा सैयौं सन्यासिनीहरुको अन्र्तवार्ता पनि लिइएको पाइन्छ । पप कल्चरले बनाएक सबै गुरुहरु अनि धारहरुपछि पश्चिमी देशहरुले ओशोको ज्ञानको यो अनुग्रह या अनुबन्धन जे भएपनि पाएका थिए । अमेरिकी इतिहासमा सर्वाधिक ठूलो बायो केमिकल हमलाका रुपमा पनि एन्टीलोपलाई दर्शाएइको छ । तथ्य कुरा के हो चाँही धमिलो नै छ यद्धपि यि सिरिजमा ओशोका अनुयायीले ७५१ जनालाई बाहिरको रेष्टुरेन्टहरुका सलादमा केमिकल मिसाएर रोग सारेको सम्म देखाइएको छ । त्यहाँको चुनावमा अबैधानीक भोटरलाई ल्याएर चुनाव परिणाम जिताएको आरोपमा मा शिलालाई २० वर्षको कारावास दिएको पनि यस सिरिजमा देखाइएको छ ।

यी सिरिजहरुमा धेरै कुराहरुका प्रश्न अनुत्तरित छन् भनें धेरै कुराहरु बनाइएका प्लट झैं लाग्दछन् । ओशोको मृत्युको आज लगभग ३० वर्ष पुगिसक्यो यद्धपि उन्का चर्चा र अनुयायीहरुको कमी भनें पूर्व र पश्चिम कतै पनि छैन । यी सिरिजहरु हेर्दा कति कुराहरु ह्वाइट हाउसका प्रोपोगाण्डा नै पूर्नजिवित गराइएको पनि भान हुन्छ अनि केहि कुराहरु ओशो ब्यबस्थापन प्रति पनि केन्द्रित हुन्छ । आज ओशो मृत भएरै पनि लाखौं करोडौं मान्छेहरुलाई आफ्ना भाषण, पुस्तक र दर्शनमार्फत प्रभव पारिरहेकै छन्, एन्टीलप अमेरिका बाट त हट्यो तर के बिश्वमा ओशोको प्रभाव घट्यो त ?
सिरिजहरु यस विषयमा मौन छन् ।

ओशो ज्यूदै भएको भए

ओशोको दिनचर्या
तिमी आशो हैनौं र ? ओशोको संझना
सन्त मीरा को नृत्य र बुद्धको शान्ती को मिलन नै ओशो हो

सुयोग ढकाल
लाइभमाण्डु


Loading comments...