
एट्लान्टीक सागर ३५ दिनमा डुङ्गामा तरेर बिश्वरेकर्ड राख्ने ३ दाजुभाई
४ माघ २०७६, शनिबार १०:२९
यो भर्खरैको घटना हो अनि अत्यन्त रोमाञ्चक र पत्यार नलाग्ने कुरा भएको छ । पृथ्वीको पूर्ण भागको करिब २० प्रतिशत त यसै एट्लान्टीक महासागरले ओगटेको छ भनें पृथ्वीका सम्पूर्ण पानीमध्य २९ प्रतिशत चाँही यसै महासागरमा रहेको छ । भन्दै क्रस एट्लान्टीक भनिने यस महासागरमाथिको यात्रालाई छोट्याउन कहिले कन्कर्ड बिमान त कहिले एयरवस ३८० को आविष्कार भयो । तर अहिले ३ जना स्कटल्याण्डका बहादुर दाजुभाईले मिलेर यस महासागरलाई ३५ दिनमा नै तरेर देखाइदिएका छन् ।
Brothers set world record as they row Atlantic Ocean in just 35 days https://t.co/FFugppt08A
— Evening Standard (@standardnews) January 18, 2020
एट्लान्टीकले पुरानो बिश्वलाई नयाँ बिश्वसंग छुट्याएको छ भन्ने भनाई नै छ । अब आउनुहोस् यि साहसी यूवाहरुको बारे चर्चा गरौं, जानी, ईवान र लाछलन म्याक्लीन ३ जना सहोरद दाजुभाइहरु हुन् जस्ले ३५ दिनमा डुङ्गा खियाएर यो महासागरलाई जितिदिए । १२ डिसेम्बरमा केनरी आइल्याण्डको ला गोमेरावाट शुरु गरेको यात्रालाई यिनीहरुले ३००० माइल पर एन्टीगुवामा लगेर एट्लान्टीकको अर्को पारमा समापन गरे ।
यो ४८२८ किमी को दुरि हुन्छ जहाँ केवल समुन्द्र र लहरहरु मात्र पाइनेगर्दछ । यसअघि एट्लान्टीकलाई डुङ्गामा तर्ने रेकर्ड ४१ दिनको थियो । यात्राका दौरान क्रिस्मस, नयाँवर्ष सबै यि दाजुभाईले डुङ्गामा नै बनाए भनें समयमा नै एन्टीगुवा पुग्नलाई उनीहरु अत्याधिक मेहनत गरेको र यात्राका कारण समुन्द्री बिरामी, रिंगटा लाग्ने अनि डुङ्गामा ब्याट्रीको समस्या लगायत धेरै समस्याहरु उनीहरुले सामना गरेर रेकर्ड बनाएको बताएका छन् । यि दाजुभाईहरु संगितकार पनि हुन्, समुन्द्रको तापमान र नुनिलोपनाका कारणले उनीहरुको आइप्याड, म्यूजिक सिस्टम आदि बिग्रेपछि आफूलाई मनोरञ्जन दिन उनीहरुले आफ्नो परम्परागत ब्यागपाइप, यूकुलेले, हार्मोनीका आदि बजाएको बताएका छन् । कान्छा भाई चाँही २७ वर्षका छन्, जेठा र माइला जानी र लाचलनचाँही ग्लासवर्क स्क्ुल आफ आर्टसमा अध्यनरत छन् । उनीहरु यस रेकर्डबाट उठेको रकम फीडब्याक म्याडागास्कर एण्ड चिल्ड्रन फस्र्ट नामक संस्थालाई दान दिन चाहन्छन् ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
एजेन्सी सीउल, १९ पुस उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो शक्तिशाली सैन्य अधिकारी पाक जोङ चोनलाई पदमुक्त गरेको कोरियाली
एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल
कोरोना महामारी, निरन्तरको जलवायु प्रकोप, बढ्दो भूराजनीतिक तनाव, थलिएको अर्थतन्त्रमा कछुवाको गतिमा झिनो सुधार, ऊर्जा र खाद्यन्नको अकल्पनीय मूल्य वृद्धिलगायत
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा