
भारतकी चर्चित अभिनेत्री सबाना आजमीको कार दुर्घटनाः गम्भीर चोट
४ माघ २०७६, शनिबार १८:५१
भारतमा परम्परागत धारभन्दा पर रहेर सिनेमा क्षेत्रमा एउटा नयाँ धारको शुरुवात गर्ने अभिनेत्रीहरु मध्य सबाना आजमीको संझना गरिन्छ । आफ्नो अद्भूत अनि बास्तविक अभिनयका लागि निकै पटक अवार्डसमेत पाइसकेकी सबानाको आज भारतको पुने मुम्बई राजमार्गमा कार दुर्घटना भएको छ । उनी गम्भीर रुपमा घाइते भएकी छिन्, सबानाका परिवारतर्फबाट भने यस बिषयमा केहि प्रतिक्रिया आएको छैन यद्धपी भर्खरै टाइम्स अफ ईण्डियाले पनि सबानाको दुर्घटनालाई पुष्टि गरेको छ ।
Bollywood actress #ShabanaAzmi injured in a road accident on Mumbai-Pune Expressway via @etimes https://t.co/h2AQdhBJGQ
— Times of India (@timesofindia) January 18, 2020
सबानाका पति चर्चित गीतकार अनि लेखक जावेद अख्तर हुन् । खालापुर टोल प्लाजा क्षेत्रको एक्प्रेस हाइवेमा सबाना चढेको कार ट्रकसंग ठोक्कीएको हो । उन्लाई पनवेलको एमजीएम अस्पतालमा भर्ना गरिएको छ । हिजो जावेद अख्तरको ७५ औं जन्म दिन धूमधामका साथ मनाइएको थियो ।
केहि अपुष्ट खबरका अनुसार उक्त कारमा जावेद अख्तर पनि थिए तर सौभाग्यवश जावेदलाई चाँही केहि भएन भनें चालक अनि सबानालाई भनें गम्भीर चोट लागेको छ ।
#ShabanaAzmi critically injured in road accident, has been admitted to MGM hospital in #Panvel; brother #BabaAzmi has left to be at the hospital, while husband @Javedakhtarjadu who was also present in the car with her, is safe.
More details, here: https://t.co/zNZiUP6Lx0 pic.twitter.com/i29pppXxHB
— Mumbai Mirror (@MumbaiMirror) January 18, 2020
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
इटहरी : २ दशकदेखि मोफसलमा रहेर हाँस्यब्यङ्ग गीत सिर्जना गर्न खप्पिस बोकेदारीको पहिचान बनाएका हाँस्यकलाकार तथा गायक श्रीकृष्ण लुइँटेलले “काका
एजेन्सी सीउल, १९ पुस उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो शक्तिशाली सैन्य अधिकारी पाक जोङ चोनलाई पदमुक्त गरेको कोरियाली
एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल
कोरोना महामारी, निरन्तरको जलवायु प्रकोप, बढ्दो भूराजनीतिक तनाव, थलिएको अर्थतन्त्रमा कछुवाको गतिमा झिनो सुधार, ऊर्जा र खाद्यन्नको अकल्पनीय मूल्य वृद्धिलगायत