केन्द्रिय विद्युत प्रसारण लाईन जोड्ने कार्यक्रममा सोलुमा अवरोध, एक दर्जन मोटरसाईकलमा आगजनी


सोलुखुम्बुलाई केन्द्रिय प्रसारण लाइनसंग जोड्ने योजना नयाँ हैन यद्धपी केन्द्रिय प्रसारण लाइनमा सोलेखुम्बुलाई समाहित गर्ने औपचारीक कार्यक्तममा बिरोध अनि मुठभेडसम्म भएको छ । सोलुदुधकुण्ड नगरपालिका ११ तिङलाको लाम्मानेमा करिब एक दर्शन मोटरसाइकल र एउटा बोलेरो जलाईएको हो ।

सोलु, दुधकुण्ड नगरपालिका वडा नम्बर ८ पत्तालेमा शनिबार गर्ने भनिएको विद्युतको केन्द्रिय प्रसारण लाईन उद्धघाटन कार्यक्रममा झडप हुदाँ ११ ओटा मोटरसाईकल र एउटा बोलेरोमा स्थानिय तिङलाबासीले आगो लगाएको बताइएको छ ।

किन गरे तिङलावासीले कार्यक्रम बहिष्कार?
हाईड्रो प्रभावित क्षेत्र तिङलामा विद्युत विस्तार नभर्ई पत्तालेमा उद्धघाटन गर्न लागेको भन्दै सोलुदुधकुण्ड नगरपालिका ११ तिङ्लाका स्थानियले कार्यक्रम बहिस्कार गरेका थिए । कार्यक्रम बहिस्कार गरेका विहानै देखि प्रर्दशन गरेका तिङलाबासीले कार्यक्रममा सहभागी ब्यक्तिहरुको मोटरसाइकलमा जथाभावी आगो लगाएका हुन् ।

पहिले को निर्णय अनुसार उक्त कार्यक्रम जिल्लाका संघिय सांसद हेमकुमार राई (शुरबीर)ले शनिबार पत्तालेमा उद्घाटन गर्ने कुरा थियो तर पछि उक्त कार्यक्रम सोलु, दुधकुण्डमा गरियो।

यसरी आफ्नो क्षेत्रमा हुने भनिएको कार्यक्रम अन्यत्रै हुने भएपनि तिङलावासीहरु रिसाएका हुन । झडपमा केहि मानिसहरु घाईते भएको पनि बताईएको छ । कार्यक्रममा झडपको स्थिती सृजना भएपछि अतिथिहरु विच बाटोबाटै सदरमुकाम सल्लेरी फर्किएका छन् । झडपपछि प्रदर्शनकारीहरुले ठाउँ ठाउँमा रुख ढालेर सडक अवरुद्ध गरेका छन् । सडक अवरुद्ध भएसँगै सोलुखुम्बु भित्रने दर्जनौ सवारी साधन पत्ताले क्षेत्रमा नै अलपत्र परेका छन् । शुक्रबार सो क्षेत्रमा हिमपात समेत भएकाले जंगलको विच बाटोमा नै अलपत्र हुदाँ यात्रुले सास्ती खेप्न बाध्य भएको खबर छ ।


Loading comments...