सिन्धुपाल्चोक बाह्रबिसे बजारमा निषेधाज्ञा


जिल्ला प्रशासन कार्यालयले हुनसक्ने जोखिम र झडपको रोकथामका लागि भनेंर आइतबार बिहान ८ देखि ५ बजेसम्म बाह्रबिसे बजारमा निषेधाज्ञा जारी गरेको छ । बाह्रबिसे बजारको पूर्वतर्फ ३०० मिटर, पश्चिमतर्फ भोटेकोशी पुल, उत्तरतर्फ इलाका प्रहरी कार्यालय र दक्षिणतर्फ क्षमादेवी जाने बाटासहितको चार किल्लाभित्र पाँच जनासम्म भेला भएर हिँडडुल गर्न नपाइने गरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिए।

नगरपालिकाले सडकको दाँयाबाँया मिचेर बनाइएको टहराहरु भत्काउन् कार्य शुरु गरेपछि स्थानीय र प्रशसनको झडप शुरु भएको थियो । नगरपालिकाले सडक साँघुरो भएपछि सडक छेउका टहाराहरु भत्काउन निर्देशन जारी गरेको थियो तर स्थानीयले अटेर गरेपछि शुक्रबार नगरपालिकाको डोजरले टहरा र घरहरु भत्काउन थालेपछि मुठभेडको स्थिती श्रृजना भएको थियो ।

केन्द्रिय विद्युत प्रसारण लाईन जोड्ने कार्यक्रममा सोलुमा अवरोध, एक दर्जन मोटरसाईकलमा आगजनी

लाइभमाण्डु


Loading comments...