चर्चित गायिका रिहानाका मुसलमान प्रेमी


रिहाना बिश्व सांगितिक जगतकी अहिलेकी सर्वाधिक चर्चामा रहेकी गायिका हुन्, उन्को साउदी अबरका अरबपति प्रेमी संगको प्रमे जिवन निकै चर्चामा थियो भनें गतवर्षको ईदमा यिनी यिनै प्रेमीको घरमा नै गएर मनाएकी पनि हुन् । साउदीका यि अरबपतिको नाम हसन जमिल हो र सन् २०१७ मा स्पाम्पेन पिँउदै एउटा पौडी पोखरीमा यिनीहरुले चुम्बन गर्दै गरेको तस्वीर सार्वजनिक भएपछि मात्र यि दुई बिचको प्रेम समबन्ध अगाडि आएको थियो ।

साउदी अरबमा भनें हसनको यो प्रेमकथालाई उति रुचाइएको छैन, यि कुराहरु सामाजिक सञ्जालमा हालिएका तस्वीरहरुमा आएका कमेन्टले स्पष्ट बताँउदछ । हसन ३१ वर्षका छन्, उनी साउदीको अव्दुल लतिफ जमिल कग्ंलोमेरेटका मालिक हुन्, पुस्तैनी ब्यापारी घरानाका यिनका परिवारले साउदी अरब र अन्य छिमेकी देशहरुमा टोयोटा कारको डिलरशीप लिएका छन् । गतवर्षको जुन महिनामा पनि यिनीहरु ईटाली बिदा मनाउन गएका थिए, रिहानाका मुसलमान फ्यानहरुले त रिहानाको यस समन्धलाई एउटा धार्मिक आस्थाको रुपमा नै मनाए । उनीहरु लाखौं कमेन्टहरु गरेर रिहानाको फेसबुक र ईन्स्टामा बिवाह कहिले भनी प्रश्न पनि गर्दथे । यता साउदीमा भनें एक समुहले रिहानालाई हसनले चुम्बन गर्नु हरमा हो पनि भनिरहेका थिए । रिहाना जमिलभन्दा एक वर्ष जेठि पनि हुन् तर यी कुराहरुले प्रेममा असर पारेन । साउदको शेख जायद मस्क अगाडि कपालमा कालो बुर्का लगाएकी रिहानाले केहि फोटो शुट पनि गरिन जस्लाई पछि मस्जिद प्रशासनले बिरोध पनि गर्यो । रिहानाका प्रेम प्रसंगहरुमा उन्का पूर्व प्रेमी आर एण्ड बि गायक क्रिस ब्राउनसंगको सम्बन्ध पनि निकै चर्चा र बिवादमा रह्यो । यद्धपि अहिले रिहानाको हसनसंगको दरारका खबरहरु पनि आइरहेका छन् ।

लाइभमाण्डु


Loading comments...