
के रेलमार्ग बनाउन अष्ट्रेलीयामा बुशफायर लगाइएको हो त?
संसारमा कन्सीपेरेसी थियोरीको बिगबिगि छ तर फेरि यिनै थिरोहीहरुमा धेरै लजिक अनि ब्यापारीक घरानाहरुको अधिकतम फाइदा लुकेको पाइएको छ । चाहे त्यो आतंकवाद बिरुद्धको यूद्ध होस् या कुनै प्रयोजनको अन्र्तदेशीय कारोवार होस् । नोभेम्बर १३ सन् २०१९ मा फेसबुक प्रयोगकर्ता स्कारलेट ग्लेनले अष्ट्रेलीयाको बुशफायरको विषयमा एउटा तथ्य लेखिएको थियो जस्म यिनले त्यस ठाँउबाट लामो दुरीको हाइस्पीड रेल लिएर जाने योजना को बुशफायरकासंगको सम्बन्ध भएको हुनसक्ने खुलासा गरिन् । यिनको यो स्टाटस फेसबुक र ट्वीटरमा निकै भाइरल भयो, यस्लाई हाइस्पीड रेल कन्सपीरेसीको पहिलो तथ्य मानियो । सिड्नी बाट मेलवर्नसम्म १ घण्टामा पुग्ने गरि यस रेलमार्गको योजना गरिएको थियो, यो १२०० किमी को दुरिमा भर्जिन नामक कम्पनीले रेल बनाउने योजना ल्याएको थियो तर त्यसका लागि सबैभन्दा अफ्ठेरो कुरा त्यहाँको पर्यायवरण अनि एर्बोर्जिनल समुदायहरु थिए । बुशफायरले ति कुराहरुलाई सहज बनाइदियो ।
Clara has no office. Principal place of business(Asic records): DLA Piper, MLB.
Has $422,000 in paid-up capital.
No major shareholders, Directors with expertise in infrastructure projects, property development, construction or financing.
Sound familiar.?https://t.co/2PJ4SjvTtY— Cam Irwin – The Fly ?in the Ointment (@ici_cam) January 16, 2020
क्लारा भन्ने कम्पनी जस्लाई कन्सोलिडेटेड ल्याण्ड एण्ड रेल भनिन्छ त्यस कम्पनीले सन् २०१७ मा नै अष्ट्रेलीया सरकारलाई देशका मुख्य शहरहरु सहज तवरमा जोड्ने हाइस्पीड फ्लोटिगं रेलको अवधारणा प्रस्तुत गरेको थियो । उनीहरुले मेलवर्नबाट ब्रिस्बेनसम्म जाने हाइस्पीड रेलको अवधारणा ल्याएको थिए । केहि राजनितिज्ञ अनि भीमकाय ठूला ग्लोवल कम्पनीहरुले सम्म लगानी गरेका यी परियोजनाहरुमा सबैभ्न्दा ठूलो अफ्ठेरो नै जगंल, जनावर, एबोर्जिनल मान्छेहरुको बस्ती अनि अष्ट्रेलीयाको पर्यायवरणीय संरक्षण ऐन रहेको थियो । सन् २०१८ को अमेरिकाको क्यालीफोर्नीयाको वाइल्ड फायरलाई पनि यसरी नै कन्सपिरेसीसंग जोडिएको थियो । सत्य जे सुकै भए पनि यस बुशफायरले अब रेल मार्ग निर्माता कम्पनीहरुलाई भनें अघि बढ्न सहज बनाएको पक्कै छ ।
Thanks to Scarlet Glenn for this post. https://t.co/FwukOTzgji
— Paul Mather (@PyoPaul) November 15, 2019
माथि उल्लेख गरिएको क्लारा कम्पनीले बुशफायर शुरु भएपछि नै अष्ट्रेलीयाली सरकार र समुदायलाई यस आगो नियन्त्रण गर्न सहयोग गरेको उल्लेख सम्म गरेको छ । संयूक्त राष्ट्र संघको एजेण्डा २१ अनुरुप पनि यस्ता बुशफार लगायत अन्य अन्तराष्ट्रिय काण्डहरुलाई ब्याख्या गरिएको पाइन्छ । त्यहाँ नयाँ विश्वको परिकल्पना गर्दै न्यू वल्र्ड अर्डरको कुराहरु राखिएको छ ।