भृकुटीमण्डपमा मेगा विन्टर सुज मेला, ७५ प्रतिशतसम्म छुट


काठमाडौं– राजधानीको भृकुटीमण्डपको प्रदर्शनी स्थलमा “मेगा विन्टर सुज मेला” सुरु भएको छ । माघ ५ गतेदेखि सुरु भएको “मेगा विन्टर सुज मेला” मा नेपालका चर्चित ब्राण्डका १ हजार भन्दाबढी मोडलका चुत्ताचप्पलहरु उपलव्ध छन् ।

मेलामा नेपालमा चलेका प्रतिष्ठित ब्राण्डका जुत्ताचप्पल एउटै छानामुनि छानेर किन्ने अबसर उपलभोक्ताले पाउने छन् । मेलामा शुभ बिबाह, पार्टी, स्पोर्टस, क्याजुअल, स्कुल, कार्यालयका युनिफर्म जुत्ता लगायतका जुत्ताचप्पल पाइने छ । मेलामा भर्खरै उत्पादन गरिएका नयाँ मोडलका जुत्ताचप्पल राखिएका छन् ।

उपभोक्ताले जुत्ताचप्पलमा ६ महिनको वारेन्टीसहित २५ देखि ७५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । मेलामा सस्तो, बलियो र आकर्षक डिजाइनका ५ सय रुपैयाँदेखि १० हजार रुपैयाँसम्मका जुत्ताचप्पलहरु पाइनेछ ।


Loading comments...