स्टारडमको साइडएफेक्ट! कन्टेन्ट भाइरल हैन बरु हामीमा भाइरस छिरेको छ


स्टारडम एउटा प्रतिनिधि भावना हो, कोही स्टार छ भने उसले अब आफूलाई मात्र हैन कि आफूलाई रुचाउने, हेर्ने, सुन्ने, सामाजिक सञ्जालमा पछ्याउने अनि आफ्नो स्वयमको पनि नैतिक ज्ञानलाई प्रतिबिम्बित गर्दछ, प्रतिनिधित्व गर्दछ ।

हामी सामान्यतया स्टारडमलाई भीडभाड, अटोग्राफ, फेसबुक र ईन्स्टाको फलोवर्रस, ट्वीटको रिट्वीट, यूट्यूबको सब्सक्राइवर्सको आधारमा मापन गर्न थालेका छौं, जुन पर्याप्त छैन । यसकारण पनि स्टारडमलाई ब्यस्थापन गर्न नसक्दा मनमा अहम पैदा हुन सक्छ, स्टारडम भनेको भिडबाट फरक हुनु, सुपरह्यूमन हुनु या फरक अनि एक्सक्लुजिभ ट्रिटमेन्ट पाउनु कदापी हैन ।

suyog dhakal
लेखकः सुयोग ढकाल

भाँडमा जाओस् कन्टेन्ट, भाँडमा जाओस् तपस्या अनि भाँडमा जाओस् पसिनाको मूल्य जसको नशामा एउटा कलाकारले आफ्नो जीवन कलाकारीताका लागि सुम्पिएको छ । तर जोर बिजोरको भाईरल र ट्रेण्डङ नीतिको क्रममा दगूरीरहेको नेपाली मनोरञ्जन उद्योगलाई यो अपवाद लाग्नसक्छ, फ्याक्ट चेक गरियोस् ।

सेलिब्रेटीजको नाममा यसरी नचाहिने अहम थुपारेर मनमा राख्दा धेरै दूर्घटनाहरु घटेका छन् जस्ले उनीहरुको करियर नै सखाप पारिदियो । हलिउडमा नै आफ्ना केहि स्टेटमेन्टसका कारणले म्याडम्याक्स सिरिज, ब्रेभहार्ट जस्ता स्मरण गर्न लायक ब्लक बस्टर चलचित्रका अभिनेता मेल गिब्सनको करियर नै खतरामा पर्यो, अफ्ताव शिवदासिनी बलिवुडमा जम्न लागेका बेला सन् २००५ मा पुनेमा लागुऔषध सहित पक्राउ परेपछि अझै सम्म उनको करियर माथि उठ्न सकेन । सेलीब्रेटीहरुलाई समाजले नजिकबाट नियालिरहेको हुन्छ र उनीहरुको हरेक कदमको पैरवी गर्ने समाजलाई अहिले यूगका कारणले झन सहज भएको छ । दुखद कुरा चाँही के भने सामान्य सिभिक सेन्स नहुनु, अनि ससाना कुराहरुमा ओभररियाक्ट गरेर चर्चामा आउन खोज्नु चाँही स्टारडमको साइएफेक्ट भएको छ । आफू सामान्य मान्छेहरु झैं ट्रिट भएकोमा आफ्नो अपमान भएको पो भ्रम परेहो हो की?

सबैजनालाई आफू चर्चामा आउन मनपर्दछ, हाफ्नो बढाई अरुले गरेको मनपर्दछ किनभने हाम्रो दिमाग यसै गरि प्रोग्राम गरिएको छ । मान्छेहरु सामान्यतया आफू राम्रो भएको भ्यालीडेशन अरुबाट सुन्न या अभिव्यक्त भएको हेर्न चाहन्छन्, यो एक खाले ईन्सेक्यूरिटी पनि हो भन्न सकिन्छ । आफूलाई आफू राम्रो छु या सहि छु भन्न आफ्नो धारणा र आत्मबिश्वास भन्दा अरुको अभिव्यक्तिमा आधारित राम्रो या नराम्रो निर्धारण नै एउटा गञ्जागोल मानसीक अवस्था बन्न सक्दछ । सामाजिक सञ्जालको जमाना अनि डिजीटल संस्मरणको यो यूगले हरेक नागरीकलाई अभिव्यक्तिको स्वतन्त्रता अनि अविछिन्न अधिकार दिएको छ, यहाँको व्यक्तिगत धारणा सहजै सबैजनालाई पुर्र्याउन सकिन्छ अनि यसै कुराले रातारात मान्छेलाई भाइरल बनाएर सामान्यलाई सेलीब्रेटी अनि सेलीब्रेटीलाई जमिनमा झारिदिन पनि सक्दछन् ।

भाँडमा जाओस् कन्टेन्ट, भाँडमा जाओस् तपस्या अनि भाँडमा जाओस् पसिनाको मूल्य जसको नशामा एउटा कलाकारले आफ्नो जीवन कलाकारीताका लागि सुम्पिएको छ । तर जोर बिजोरको भाईरल र ट्रेण्डङ नीतिको क्रममा दगूरीरहेको नेपाली मनोरञ्जन उद्योगलाई यो अपवाद लाग्नसक्छ, फ्याक्ट चेक गरियोस् । फेरी यो हैन की भाईरल र ट्रेण्डिङको कुनै महत्व छैन तर एउटा त्यो समाज जहाँ नकारात्मक मेडिया सामाग्री र गैर नेपाली सामाग्री चर्चित सूचिमा रहन्छ त्यहाँ भगवान जस्ता कलाकार तथा जनमनभित्रका कथाको लागि ठाउँ कहाँ मिल्थ्यो र?

“अब बजारमा अर्को काण्ड आयो”, मख्ख पर्दै हाम्रो बिश्लेषक/विज्ञ मानसिकताले हामी उक्त घटनाको न्यायिक अनि सामाजिक बिश्लेषण ‘सनसनी’पूर्ण अर्थको पछि लाग्यौं । हामी आजभोली जज गर्न थालेका छौं, सबै कुराहरुको विषयको ज्ञाता बन्न थालेका छौ, हामीभित्र एउटा यस्तो भयानक तपस्वी हुर्कीरहेको जो अन्तरध्यान हुनसक्छ र भूत, भविष्य र वर्तमानका हरेक कथाहरुको सरसर्ती बयान गर्न सक्छ ।

फेरि नेपालको सामाजिक सञ्जाल त काण्डहरुको खोजिमा छ, यहाँ यूट्यूबबाट केहि रकम कमाउनका लागि समाजको संरचनामा नै प्रहार गर्नेहरुको कमी छैन । यहाँ भाइरल कन्टेन्ट खोज्ने भाइरसको दबदबा भएकाले भाइरल बाबा, भाइरल सन्जु, भाइरल तरकारीवाली, चियावाली, जापान काण्ड लगायत थुप्रै काण्ड भइरन्छ अनि सेलिब्रेटीहरुको ओभररियाक्ट गरेको भिडियो र त्यसको पछि लाग्ने हामी । सबैजना सामाजिक सञ्जालमा यहाँ दर्शनशास्त्री, बिश्लेषक, लेखक अनि अभियन्ता छन्, सबैको घटनाप्रतिको बिश्लेषण अनि ह्याशट्यागका बालखपना शुरु हुन्छ । सिभिक सेन्स नभएका अनलाइन सामाग्री उत्पादक, काण्डको पछि दौडने अभिव्यक्तीका पारखी प्रयोगकर्ताले भरिएको नेपाली सामाजिक सञ्जाल उति स्वास्थवर्धक चाँही पक्कै छैन । यो नयाँ डिजिटल उपभोक्ता अथवा भनौ दर्शक, श्रोताको लागि भने अन्याय हो । हामी ठूलै दूर्घट्ना त कुरीरहेका छैनौ?

एयरपोर्टमा गायिकाले प्रहरीले आफूमथि दुर्व्यवहार गरेको कुरा फेसबुकमा अभिव्यक्त गरिन जुन उनको अधिकार त हो, अब यस कुराले यूट्यूबमा भ्यू आँउछ भनी अनलाइन टिभी च्यानलले ओल्टाइ पोल्टाई प्रस्तुत गरे जस्लाई केहि अनलाइन पोर्टलले पनि लेखिदिए । “अब बजारमा अर्को काण्ड आयो”, मख्ख पर्दै हाम्रो बिश्लेषक/विज्ञ मानसिकताले हामी उक्त घटनाको न्यायिक अनि सामाजिक बिश्लेषण ‘सनसनी’पूर्ण अर्थको पछि लाग्यौं । हामी आजभोली जज गर्न थालेका छौं, सबै कुराहरुको विषयको ज्ञाता बन्न थालेका छौ, हामीभित्र एउटा यस्तो भयानक तपस्वी हुर्कीरहेको जो अन्तरध्यान हुनसक्छ र भूत, भविष्य र वर्तमानका हरेक कथाहरुको सरसर्ती बयान गर्न सक्छ ।

भगवान जानोस् यो मानसिकताले हामीलाई कहाँ पूर्याउने हो त्यो चाँही उनै दैव जानुन, ट्राफिक प्रहरीलाई मनमनै गाली गर्ने, प्रहरीहरुलाई कहिल्यै साथी नसम्झने र सर्वनाम प्रयोग गर्दा पनि गाली गरेर सम्वोधन गर्ने धेरै नेपालीहरु आस्थाले चाँही डन्ठीनी भनीन भनेर डुक्रिरहेका छन् । तर यो एकतर्फी समस्या केवल हैन प्रहरीले पनि सर्वसाधारणसँग गर्ने व्यवहार र बोलीमा सुधारको आवाज प्रहरी सर्कलमैं नउठेको भने हैन । जे होस् सेलिब्रेटीको ईगो र ओभररियाक्शन माथि ब्यापार गरेर भ्यू अनि शेयर कमाउनेहरुको प्रतिस्पर्धामा हामी सामान्य प्रयोगकर्ताको पनि उतिकै दोष छ । कन्टेन्ट न पिहले किहले भाइरल भयो, न भाइरल भएको छ, न भाइरल हुनेछ तर हामीमा भाइरलको भाइरस चैं छिरेकै हो ।

सुयोग ढकाल


Loading comments...