गाजाले बनेको प्लेन स्टील भन्दा १० गुणा बढि बलियो


हेम्पअर्थ एउटा क्यानडेली गाजा फार्म हो, यस फर्मले गाजाको रुखका फाइबर प्रयोग गरेर एउटा हवाईजहाजको डिजाइन गरेको छ । क्यानाबीज फ्यामीलीको नन साइकोेमेटीक मेम्ब्रेन्सहरुबाट निकालेको फ्याब्रीक्सले बनेको यस जहाजका संरचनाहरु स्टीलभन्दा १० गुणा बलियो भएको बताइएको छ ।


यस जहाजको भित्ता, सिट, पंखा र सिरानीहरु सम्म गाजाका पदार्थबाट बनेको बताइन्छ । परम्परागत एरोस्पेस सामाग्रीभन्दा हेम्प अर्थात गाजा हलुको हुन्छ, अल्मुनियम र ग्लासको तुलनामा हलुको भएकाले यस्ता जहाजहरु कम इन्धनमा नै अधिकतम उचाँईम पुग्न सक्दछन् । यसले पर्यायवरण पनि जोगाँउदछ । ३६ फिटको पखंकाको लम्बाई भएको यस जहाजमा एक पाइलट सहित ४ जना यात्रुहरु यात्रा गर्न सकिने छ ।

लाइभमाण्डु


Loading comments...