
चीनले कोरोना भाइरसबाट भएको संक्रमण पुष्टि गर्यो, महामारीको संभावना
यो नयाँ भाइरसबाट भएको तेश्रो मृत्यु अनि लगभग १४० भन्दा धेरै संक्रमणका केसहरु लगायत चीनको बेइजिङ लगायत अन्य ठाँउमा पनि यसको संक्रमण फैलिएको हुनसक्ने चीनले पुष्टि गरेको छ ।
यो अब आउन आँटेको चिनिया नयाँ वर्षमा बेइजिङमा भेला हुने मान्छेहरुको ताँती बढ्ने अवस्थामा यस संक्रमणको बेइजिङमा नै भएको उपस्थितिले चीन मात्र नभई विश्वभरि एउटा चुनौती खडा गरेको छ ।
East China’s Zhejiang province reported five cases of suspected new corona virus-related pneumonia cases Monday, according to local health authorities. pic.twitter.com/RtfcfYBQ4K
— China Daily (@ChinaDaily) January 20, 2020
‘कोरोना’ नाम दिइएको यस भाइरसले श्वाँसप्रश्वाँसमा गम्भीर समस्या ल्याउने असर देखिन्छ र अन्तत श्वाँसप्रश्वाँसको समस्याले नै बिरामीको मृत्यू हुने देखिएको छ । शुरुमा सामान्य रुघाखोकीको मात्र प्रभाव देखाउने यस भाइरसले पछि गम्भीर निमोनिया र ब्रोङकाइटिसको संक्रमण गराई बिरामीको ज्यान लिन्छ । यस संक्रमणबाट मरेका व्यक्तिहरुको बिवरण सरकारले दिएको छैन, यी बिवरणलाई गोप्य राखिएको बताइएको छ ।
Q: What is a #coronavirus?
A: Coronaviruses are a large family of viruses that are known to cause illness ranging from the common cold to more severe diseases such as Middle East Respiratory Syndrome (MERS) and Severe Acute Respiratory Syndrome (SARS) https://t.co/PKzKaO2yfK pic.twitter.com/mhEa7LFVhx
— World Health Organization (WHO) (@WHO) January 17, 2020
अहिलेसम्म कूल २०१ जना मान्छेहरुमा चीनभित्र यो संक्रमण देखिएको हो जुन अधिकतम हुवान र बेइजिङमा धेरै पाइएको बताइन्छ । हुवान प्रान्तमा त १७० जनालाई अस्पतालमा भर्ना गराएरै उपचार गराइरहेको छ जस्मा ९ जनाको स्थिती गम्भीर बताइएको छ ।
हुवानमा मात्र १ करोड १० लाख मान्छेहरु बस्दछन् भन्ने यो एउटा पर्यटकीय शहर पनि हो, नयाँ वर्षको भीडभाड अनि यात्राका दौरान चीनमा यो संक्रमण महामारीका रुपमा फैलिन सक्ने अनि छिमेकी देशहरुमा पनि यो प्रवेश गर्न सक्ने खतरा छ ।
Los Angeles International Airport is now screening passengers arriving from Wuhan, China, for symptoms of a mysterious, deadly new virus. #lax #coronavirus @NBCNightlyNews pic.twitter.com/o6onCl9jW7
— Sarah Harman (@SarahHarmanNBC) January 18, 2020