
धर्मका नाममा घृणा नफैलाउ: ‘जिन्दगी तमासा’माथि लगाइयो रोक
एउटा पाकिस्तानी चलचित्रको कुरा गर्दैछौं, अहिले यसको बिषयबस्तु चूलीमा छ । चलचित्रको नाम हो ‘जिन्दगी तमासा’, यस चलचित्रले धेरै अन्तराष्ट्रिय अवार्डहरु पनि जितेको छ ।
Team #ZindagiTamasha will be hosted by #BeaconhouseMultan on 13 January 2020, at 11am. See you there!
.#khoosatfilms #zindagitamasha #meetngreet #event #sarmadkhoosat #art #drama #film #multan #eventmultan #tourmultan pic.twitter.com/WA6od8kTMs— Khoosat Films (@KhoosatFilms) January 12, 2020
चलचित्रमा ईस्लाम धर्मबाट भड्काउने कुराहरु भएकाले यस चलचित्रलाई रोक लगाउन बिभिन्न ईस्लामीक धार्मिक संस्थाहरुले आवाज उठाएका छन् । जिन्दगी तमासा एउटा सामान्य मान्छेको जिवनकथा हो जस्ले एकजनाका बिवाहमा जाँदा गरेको नृत्यको भिडियो बिश्वभरि भाइरल हुन्छ ।
पाकिस्तानी चलचित्र निर्माता सर्माद खुसादले आफूले यो चलचित्र धार्मिक आस्थामा आघात पूर्याउन बनाएको हैन भनेका छन् यद्धपी उनी र उनका परिवारले चलचित्र बनाएपछि धेरै धम्की र तुच्छ कमेन्टहरु सहन गर्नुपरेको बताएका छन् । पाकिस्तानको एउटा धार्मिक पार्टी तेरिक इ लावाइकले त यस चलचित्रको कन्टेन्ट धर्मबिरोधी भएको भनेंर प्रर्दशन रोकका लागि बिज्ञप्ती नै जारी गरेको छ ।
यदि यसो नभएमा आन्दोलनमा उत्रिने धेरै राजनैतिक दल र समुहको चेतावनी पनि छ । गत वर्ष बुशान चलचित्र महोत्सवमा यस चलचित्र ‘जिन्दगी तमासा’ले टप फिक्शन अवार्ड हात पार्यो, २४ जनवरी मा पाकिस्तानमा रिलिज भएको यस चलचित्रको ट्रेलरमा भनें धार्मिक भजन गाउने ब्यक्ति देखाइएको थियो । पाकिस्तानी सेन्सर वोर्ड र राज्य प्रशासनले पनि हरियो बत्ति बालेर चल्न दिइने चलचित्रका रुपमा निर्धारण गरेको बिश्वप्रसिद्ध चलचित्र जिन्दगी तमासालाई धार्मिक पार्टीहरुले धम्कीपूर्ण शैलीमा लगाउन नदिने भएकाले चलचित्रको प्रर्दशन होल्डमा राखिएको छ ।
लाइभमाण्डु