
भर्जिनियामा बन्दुक अधिकारको पक्षमा ब्यापक र्याली
भर्जिनिया राज्यमा बन्दुक राख्न पाउने संवैधानीक अधिकार अमेरिकी कानूनले खोस्न पाउने छैन भन्दै ब्यापक ठूलो प्रर्दशन भयो । भर्जिनियाको क्यापीटाले भवन अघि रिचमण्ड भवनमा लाखौं अमेरिकीहरु भर्जिनियाका बन्दुकहरु फिर्ता नलग भन्ने नाराका साथ भेला भए, यो एउटा अचम्म अनि अमेरिकी नागरीकको बन्दुकसँगको प्रेमले देखाएको भोलीको अमेरीकातर्फको संकेत पनि हो । भर्जिनियामा २६ वर्ष यता पहिलोपटक सरकारको ३ वटै तहमा डेमोक्र्याट्सहरुको उपस्थिती रहेको अवस्थामा जनताहरुले देखाएको यो बन्दुकप्रेम अब राजनैतिक र डेमोक्र्याट अनि रिपव्लीकन धारको चयनका रुपमा पनि लिइएको छ ।
.@LoriHaasVA: It is with a heavy heart that I am announcing the cancellation of the annual #MLKDay Vigil & Day of Advocacy. We have chosen to cancel due to ongoing, credible threats to public safety that have been promoted & encouraged by gun extremists. https://t.co/zB8huh0BiW
— Coalition to Stop Gun Violence (@CSGV) January 17, 2020
त्यहाँको संसदले भर्खरै १० वटा बन्दुक नियन्त्रण ऐन ल्याएको हो जस्मा चारवटालाई भोट गरिएको छ भनें ३ वटा पारित नै हुने चरणमा छन् । जुलाईबाट लागू हुने ३ वटा नियमहरुमा पहिलो महिनामा हाते बन्दुकको खरिदमा सीमा तोकिएको छ भने दोश्रो चाँही राज्यको बन्दुक ऐनसँग तालमेल नमिल्ने र द्वन्द्व भड्काउने कुनै पनि बन्दुक प्रयोगकर्ताको बन्दुक प्रयोगमा निषेधाज्ञा गरिएको छ र तेश्रो चाँही हरेक बन्दुक राख्नेहरुले राज्यसँग बन्दुकको सम्पूर्ण जाँच गराउनैपर्ने प्रावधान राखेको छ । यि सबै प्रावधानहरु पास भइसकेका छन भने जुलाईबाट लागू हुने छन् ।
बिषयगत रुपमा आएका प्रावधानहरु क्रमशः बन्दुक राख्ने शोख र प्रयोगलाई निश्तेज गराउने कुरामा केन्द्रित भएको कुरा स्पष्ट छ । यी नियमका बिरुद्धमा सयौं किलोमिटर परका गाँउगाँउबाट मान्छेहरु र्यालीमा सहभागी हुन आएका थिए । बन्दुकलाई भर्जिनियाको संस्कार मान्दै आएका यी नागरीकहरु आफ्नो बन्दुक सभ्यतालाई कुनै पनि हालतमा खेर जान नदिने कुरामा स्पष्ट छन् । कतिपयले “म भर्जिनियामा समलिङ्गी जोडीले आफ्नो घरमा रोपेको गाँजाको बोट बन्दुकले सुरक्षा गरेको हेर्न चाहन्छु” भन्नेसम्म लेखेर प्लेकार्ड प्रर्दशन गरेका छन् ।
उता राष्ट्रपति ट्रम्पले भर्जिनियावासीलाई सम्वोधनस्वरुप ट्वीट गर्दै “तिमीहरुको सभ्यता र संस्कारमाथि आक्रमण गर्ने डेमोक्र्याटहरुलाई भोट दिँदा यस्तै हुन्छ” भन्ने आशयको विवादास्पद अभिव्यक्ति दिएका छन् ।
Your 2nd Amendment is under very serious attack in the Great Commonwealth of Virginia. That’s what happens when you vote for Democrats, they will take your guns away. Republicans will win Virginia in 2020. Thank you Dems!
— Donald J. Trump (@realDonaldTrump) January 17, 2020