
कोरोना भाइरसको सम्भावित महामारीबाच बच्न चीनले हुवान र हुगाङगाङमा आवागमन बन्द गर्यो
चीनको लागि मात्र हैन विश्वका लागि यो कारोना भाइरस एउटा महामारी हुन सक्ने चुनौतिको भइदिएको छ । यो भाइरसको संक्रमण पछि श्वाँसप्रश्वासको समस्या देखिन्छ अनि अन्तत बिरामीको मृत्यू हुन्छ । नयाँवर्षको आसपासमा चीनमा हुने आन्तरिक र बाह्रय आप्रवासनले यस संक्रमणलाई थप फैलाउने निश्चित छ । छिमेकी मुलुक चीनको यस संक्रमणबाट नेपाल पनि जोखिममा छ । हुवान पछि हुगाङगाङ शहर यस भाइरसको संक्रमणले सार्वजनिक आवागमनमाथि बन्देज लागेको दोश्रो शहर भएको छ । नयाँ जानकारी नआउञ्जेलसम्मका लागि दुबै शहरका नागरिकहरुलाई आवतजावतमा प्रतिबन्ध लगाईएको छ । अहिलेसम्म ५७१ जनामा संक्रमण देखिएको र १७ जनाको मृत्यू भइसकेको यस भाइरसको नियन्त्रण अहिले चीनको सरकारका लागि ठूलो चुनौति भएको स्पष्ट छ ।
चिनले विशेष अनि अतिआवश्यक कारण बाहेक यि शहरहरुमा छिर्न अनि निस्कन सर्वसाधरणलाई प्रतिबन्ध लगाएको छ । नेपालमा आउने चीनका पर्यटकहरुको सख्याँमा पनि उल्लेख्य गिरावट आएकाले जिजिट नेपाल २०२० पनि प्रभावित छ, यसको महत्वाकांक्षी लक्ष्य प्राप्तीका लागि चीनको पर्यटकहरुको ठूलै योगदान हुने बिश्वास गरिएपनि यस वर्षको शुरुवातबाटै चीनबाट नेपाल आउने पर्यटकको सख्याँ ओरालो लागिसकेको छ भने धमाधम ट्रिपहरु क्यान्सील भइरहेको छ ।
Beijing will close the Forbidden City because of the coronavirus outbreak spreading across China that has infected 600+ people, calling it an “epidemic situation.”
Many Lunar New Year celebrations are canceled.
At least 20M people in 3 other cities are on travel lockdown. pic.twitter.com/WUQJJwMhdF
— AJ+ (@ajplus) January 23, 2020
उत्सवको मूडमा रहेको चीनले घातक कोरोना भाइरसको प्रकोप नियन्त्रणको प्रयास स्वरुप मुखैमा रहेको चन्द्र नववर्षको उत्सव रद्द गरी कोरोना भाईरसको इपीसेन्टर मानिएको ती शहरहरुलाई नाकाबन्दीकै अवस्थामा राखेको कुरा सरकारी मिडियाले बिहीबार सार्वजनिक गर्यो ।
यो एक गम्भीर डरलाग्दो भाइरसको रुपमा चीनको लागि चुनौति भएको छ । अहिलेको समस्याको गम्भिरतालाई ध्यान दिंदै चीनले समयानुसार अपनाएको एउटा स्मार्ट तरिका हो, किनकि ठूला मेलाहरू र सार्वजनिक कार्यक्रमहरूबाट एकै स्थानमा धेरै मानिसलाई संक्रमित गर्ने र रोग फैलाउने सम्भावना अत्यधिक रहन्छ ।
यी शहरहरुमा बस, मेट्रो, फेरि लगायत सबै यातायातका सुबिधाहरुमा रोक लगाइएको छ, ब्यस्त शहरहरुका सडक अनि गल्लीहरु अहिले शून्यतामा डुबेको छ अनि शहरवासीहरु सम्पूर्ण रुपमा त्रासमा बाँच्नु परिरहेको छ ।
विश्व स्वास्थ संगठनले चीनको महामारीको पर्याप्त जानकारी नपाएको कारण औपचारीक रुपमा नै महामारी घोषणा गर्न नसकेको बताएको छ ।