Lifestyle Portal
  •   २५ बैशाख २०७८, शनिबार

कोरोनाभाइरस संक्रमणबाट जोगिन चीनस्थित नेपाल दूतावासले जारी गर्यो सावधानी अपनाउनेबारे सूचना

९ माघ २०७६, बिहीबार २२:५९

२३ जनवरी २०२० । जनवादी गणतन्त्र चीनको हुबेई प्रान्तको राजधानी सहर उहानमा गत डिसेम्बर महिनादेखि देखा परेको कोरोना भाईरसको संक्रमणका सन्दर्भमा चीनमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई सावधानी अपनाउन नेपाली राजदूतावास बेईजिङ हार्दिक अपिल गर्दछ।

यो भाईरसको संक्रमणबाट जोगिन निम्न बमोजिमका तरिका अपनाउन सकिन्छ:
– बिरामी मानिसहरुको सम्पर्कमा नआउने ।

– सकेसम्म भाईरस प्रभावित क्षेत्रहरुको यात्रा नगर्ने ।

– जीवित वा मृत जनावर ‍एवम् खासगरी नपकाएको मासुको सम्पर्कबाट टाढा रहने ।

– साबुनपानीले बारम्बार हात धुने।

– साबुनपानी उपलब्ध नभएको अवस्थामा अल्कोहलयुक्त स्यानिटाईजरको प्रयोग गर्ने ।

– जनबादी गणतन्त्र चीन सरकारको स्वास्थ्य मन्त्रालयद्वारा कोरोनाभाइरस संक्रमणका सम्बन्धमा जारी हुने अद्यावधिक जानकारी लिइरहने एवम् सोही अनुरुपको सचेतना अपनाउने ।

आपतकालीन सहयोगका लागि चीनमा रहेका देहायका नेपाली नियोगहरुमा सम्पर्क गर्नुहुन अनुरोध छः
नेपाली राजदूतावास, बेइजिङ
द्वितीय सचिव दीपक वि.क. फोन नं. १५६५०७२००६९

नेपाली महावाणिज्यदूतावास, ग्वाञ्जाओ
वाणिज्यदूत कुञ्जन शाह, फोन नं. १३३१०८८४८८०

नेपाली महावाणिज्यदूतावास, ल्हासा
वाणिज्यदूत जिम्सन रुम्दाली राई, फोन नं. १८८८९०९७७३०

नेपाली महावाणिज्यदूतावास, हङकङ
हटलाइन नं. (85२) ९८७९५०५७

अवैतनिक नेपाली वाणिज्यदूतावास, शांघाई
जेनेट लि, फोन नं. १३८१८३६९५५९

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौं – शास्त्र र आयुर्वेदमा दिनको समय काम गर्नका लागि अनि राति चाहिँ सुत्नका लागि निर्धारण गरेका छन् । तर

काठमाडौं । कलाकार दीपकराज गिरीले अबदेखि सामाजिक सञ्जालमा सकारात्मक कुरामात्रै पोष्ट गर्ने बताएका छन्। कोरोना महामारी तिव्र बनिरहेका बेला नकरात्मक

काठमाडाैं । नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले समचार सङ्कलनका लागि फिल्डमा खटिने पत्रकारलाई सरल र सुलभ तरिकाले पीसीआर परीक्षण, कोभिड

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक वैठक बोलाएका छन् । विभिन्न विषयमा छलफल गर्न मन्त्रिपरिषदको बैठक बोलाइएको जनाइएको