
साउदी अरबमा कार्यरत भारतीय नर्सलाई कोरोना भाइरसको संक्रमण
१० माघ २०७६, शुक्रबार ०७:५५
भारतीय बिदेश मन्त्रालयको बिज्ञप्ती अनुसार साउदीमा कार्यरत भारतीय नर्सको शरीरमा चीनमा महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण फेला परेको छ । एकजना फिलीपीनो साथीसंग भर्खरै यात्रा गरेकी यि नर्सलाई तिनै फिलीपीनो साथीको संक्रमण सरेको पाइएको हो, तिनी फिलीपीनोलाई पनि कोरोना भाइरस संक्रमण रहेको पाइएको हो ।
LATEST — 1 Indian nurse in southern Saudi Arabia hospital infected by coronavirus, India’s minister of state affairs says pic.twitter.com/ZYum3L1Mei
— DAILY SABAH (@DailySabah) January 23, 2020
यद्धपी अहिलेसम्म रियाद र दिल्ली दुबैले आफ्नो देशमा यस संक्रमणको प्रमाण भने फेला पार्न पाएका छैनन । अल हायात अस्पताल साउदी अरबमा १०० भन्दा धेरै भारतीय नर्सहरु कार्यरत छन् र अरु कसैमा यस संक्रमण नपाइएको र केवल ति एकजना नर्सम मात्र पाइएको भारतीय केन्द्रिय सरकारका बैदेशिक मामीला मन्त्री भी मुरलीधरणले ट्वीट गरेका पनि छन् ।
Update from @CGIJeddah : About 100 Indian nurses mostly from Kerala working at Al-Hayat hospital have been tested and none except one nurse was found infected by Corona virus. Affected nurse is being treated at Aseer National Hospital and is recovering well. @PMOIndia @MEAIndia https://t.co/jM0u5243GV
— V. Muraleedharan (@MOS_MEA) January 23, 2020
जापान, कमाउ, हगंकगं, दक्षिण कोरिया, ताइवान, थाइल्याण्ड, भियतनाम, सिंगापुरमा र अमेरिकामा पनि यस भाइरसको संक्रमण फेला परिसकेको छ ।
चीनबाट आउने हरेक यात्रुलाई दुबई बिमानस्थलमा स्वास्थ जाँच अनिवार्य गरिएको छ । सन् २०१९ मा मात्र ३६ लाख चीनका नागरीकहरुले दुबईको बिमानस्थल प्रयोग गरेर यात्रा गरेको तथ्याकं छ । टर्कीले बिमानस्थलमा थर्मल क्यामरा नै जडान गरेको छ भने बेइजिगं स्वयमले पनि सबैलाई यात्राका दौरान संक्रमणबाट जोगिन अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
एजेन्सी सीउल, १९ पुस उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो शक्तिशाली सैन्य अधिकारी पाक जोङ चोनलाई पदमुक्त गरेको कोरियाली
एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल
कोरोना महामारी, निरन्तरको जलवायु प्रकोप, बढ्दो भूराजनीतिक तनाव, थलिएको अर्थतन्त्रमा कछुवाको गतिमा झिनो सुधार, ऊर्जा र खाद्यन्नको अकल्पनीय मूल्य वृद्धिलगायत
बकिङ्गम दरबारले एउटा विज्ञप्ति जारी गर्दै भनेको छ, “आज अपरान्ह बाल्मोरलमा महारानीको शान्तिपूर्ण निधन भएको छ । राजा र क्वीन