१८ वर्ष जेलसजाय पाउने टर्कीका पिज्जा डेलीभरी ब्वाईको कसुर के थियो?


टर्कीस्थित एश्कीशहेर नामक शहरमा सन् २०१७ मा डेलीभरि ब्वाईले गरेको एउटा अपराधका लागि उनलाई लामो समयसम्म चलेको मुद्दाको सुनवाई भर्खरै सम्पन्न भएको छ । अदालतले बुरक एस नामका यि व्यक्तिलाई १८ वर्षको कारावास र ६७५ डलर समेत तिर्नुपर्ने सजाय सुनाएको हो ।


एसले सामान डेलिभरी अघि गरेको सप्रमाण हर्कत क्यामराको रेकर्डमा भेटिएपछि यिनलाई समातिएको थियो । एसले अनलाइनबाट पिज्जा अर्डर दिने ग्राहकको डेलिभरी ठेगानामा पुग्नुअघि त्यसमा थुकेको र त्यस दृश्यलाई आफ्नै मोबाइलमा कैद समेत गरेका थिए ।

एसले सजायस्वरुप लगभग ६७५ डलर बराबरको रकम समेत तिरेका छन् यद्धपी अदालतले एसलाई कसैको खानामा बिष हालेको झैं अभियोगमा मुद्दा चलाएको हो ।


Loading comments...