
ग्रिसको पहिलो ‘मृतकको अस्तु’ राख्ने घरको चर्चहरुद्वारा बिरोध
१० माघ २०७६, शुक्रबार १८:३१
मृत्यू निश्चित छ अनि मान्छेहरुको मृत्यू पछिको दाहसंस्कारको आआफ्नो चलनहरु छ । धर्म अनि संस्कार अनुसार यी कुराहरु फरक फरक हुन्छन् यद्धपी चाहे हिन्दु धर्म होस् या ईसाई धर्म तर मृतकको अस्तु राख्ने चलन भने परापूर्व कालदेखि नै चलिआएको हो । अस्तुको संरक्षण गरेर राख्ने चलनलाई भने पश्चिमा देशहरुका चर्चहरुले निकै बिरोध गरेको पाइयो यद्धपी ग्रिसमा भने पहिलोपटक अस्तु राख्न मिल्ने चिहान घर सञ्चालनमा आएको छ । अस्तु राख्नका लागि शवलाई जलाउन पर्ने हुन्छ तर ईसाई धर्मावलम्बीहरुले मृतकको शरिर गाड्नुपर्ने संस्कृति रहिआएको छ । चर्चहरु शवलाई जमिनमा गाड्न पर्ने कुरालाई जोड दिन चाहन्छन् यद्धपी ग्रिसका मान्छेहरु भने जमिनमा गाड्नुको साटो बिद्युतिय शवदाहमा जलाएर अस्तुलाई एउटा भाँडोमा राखि त्यहाँ त्यो अस्तु सुरक्षित राख्न चाहन्छन् । यसो गर्दा उनीहरु आफ्ना प्रियजन तथा आफन्तको याद आउँदा अस्तु छेउमा गई सम्झना र तिर्सना मेट्न पाउने अवसर पनि पाउने बताउँदछन ।
Greece’s first and only crematorium opens despite pushback from the church, via @pritheworld: https://t.co/sYVSdeD7sB pic.twitter.com/wTia7jcBf2
— The Week (@TheWeek) January 4, 2020
ग्रिसको यो शवदाह निजी क्षेत्रबाट चलाइएको हो, एथेन्स बाहिरको शहर रिस्टोनामा यस शवदाह भएपनि देशैभरिबाट मान्छेहरु यहाँ आफन्तको शव लिएर आउने र अस्तु संरक्षण गर्न दिएर जाने पाइन्छ । ग्रिसको अधिकतम जनसँख्या अर्थोडक्स क्रिस्चियन हुन् जो अलिक कडा र धर्मपरोक्ष मानिन्छन यद्धपी शवदाहको कुरामा भने उनिहरु शवलाई जलाएर अस्तु राख्न तर्फ अग्रसर भएको पाइएको छ । यस अघि ग्रिसका मान्छेहरु आफ्नो ल्याकतले भ्याएसम्म आफन्तको शवलाई जलाउन बुल्गेरिया जाने गर्दथे तर त्यहाँ लाँदाको प्रक्रिया अनि त्यहाँको पुरानो र धेरै धुँवा आउने शवदाहका कारणले उनीहरु बुल्गेरिया जान छासडसकेका थिए । अब सिस्टोनीयाको यस शवदाहमा भीड त बढ्न थाल्यो तर यस कार्यको बिरोधमा स्थानीय चर्चहरुको विरोधको स्वर पनि यससँगै बढ्न थालेको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
एजेन्सी सीउल, १९ पुस उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो शक्तिशाली सैन्य अधिकारी पाक जोङ चोनलाई पदमुक्त गरेको कोरियाली
एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल
कोरोना महामारी, निरन्तरको जलवायु प्रकोप, बढ्दो भूराजनीतिक तनाव, थलिएको अर्थतन्त्रमा कछुवाको गतिमा झिनो सुधार, ऊर्जा र खाद्यन्नको अकल्पनीय मूल्य वृद्धिलगायत
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा