लभ फेलर एउटा सामाजिक समस्या, के पुरुषहरु मात्र समस्या खडा गर्दछन् त?


इन्टरनेटको सहज पहूँच र विश्वको यो उर्लदो फेमीनीज्म संस्कारमा छोरा मान्छेहरुको जनरल पोटरेट कस्तो बनाइदैछ भन्ने बुझ्न जरुरी हुन्छ । पुरुषहरुलाई असंवेदनशील, ह्रिंसक, निरकुंश अनि डरलाग्दो रुपमा देखाइँदैछ । नराम्रो कुरा त पुरुषहरुलाई यौन केन्द्रित र महिलाहरुलाई केवल यौन तत्वको स्वरुमा मात्र हेर्ने गरि देखाइएको छ, पुरुषहरु गल्ती स्वीकार्न तयार नहुने अनि महिलाहरुलाई आरोप लगाउने मात्र तत्वको रुपमा नै देखाइएको छ, के हामीले चाहेको लैङ्गीक समानता यस्तै आरोपप्रत्यारोपको आधारमा मात्र खडा हुन्छ त?

यसका साथै महिलाहरुलाई धेरै संवेदनशील, सदैव हिंसाको शिकार हुने, सही र गलत नबुझेको अनि स्वीकार्य र अस्वीकार्यका बिचको फरक कम भएको समझ राख्ने अनि पुरुषसँगको डेट, यौन, मायाका कुराहरुमा परिस्थितीमा नियन्त्रण नहुने सोसियल कन्डिशनीङका रुपमा देखाइएको छ । इन्टरनेटले पुरुषलाई सर्वशक्तिमान अनि महिलालाई धेरै कमजोर र पीडित देखाएको छ तर मेरो सामान्य प्रश्न के भनेः

suyog dhakal

के सबै पुरुषहरु पीडक अनि के सबै महिलाहरु पीडित हुन त ?
के पुरुषहरुले हिंसाका कुराहरुमा शून्य सहिष्णुता अपनाउँदैमा विश्वबाट लैङ्गीक हिंसा घट्छ त? महिलाहरु परिवर्तन हुन जरुरी छ या छैन? यदि सबै पुरुषहरु ह्रिंसक र पीडक नै हुन भने महिलाहरुले किन पुरुषहरुसँग सम्बन्ध राख्न पर्यो त? सामाजिक सञ्जालहरु पनि मसहलाका लागि अलग्गै राखे भै गयो नि, इन्टरनेटको संसारमा पुरुषहरुले यति नराम्रो पोट्रेट पाएका छन् कि लाग्दछ सबै पुरुषहरु पीडक अनि ह्रिंसक नै हुन् । सजग महिलाले मी टु ह्याशट्याग गर्नका लागि हरबखत पुरुषको कमजोरीहरु खोजिरहेका छन्, समाचार बनाउनेहरु सबै पुरुषको बिरुद्धमा पितृसत्तात्मक समाजको अन्त्य गर्ने भन्दै लागेका छन्, आउँदा पुस्ताले यसबाट के सिकिरहेका छन् कसैले सोचेको होला त यो विश्वमा ?

के पुरुषहरुसँग एब्सोल्यूट पावर छ त ?
मलाई त त्यस्तो लाग्दैन, यदि त्यसो थियो भने त महिलावादी तर्कहरु अनि पुरुषमाथिका आरोपका श्रृंखलाहरु समाजमा पुरुष निरंकुशताले आउनै दिने थिएन । सोसियल मेकानिज्मको ब्याट्रीले दिएका र तय गरेका आधारहरुमा पुरुषको महिलाप्रतिको धेरै दृष्टिकोणहरु निर्धारण गरेको हुन्छ, महिला पुरुषको समानता अनि संलग्नताका हरेक कडिहरुलाई समाजले संरचनागत रुपमा नै तय गरेको हुन्छ । त्यसमाथि समाजमा न्यूनरुपमा दिइने यौन र प्रजनन शिक्षाले झनै परिस्थितीलाई महिला पुरुष दुबैको हकमा जोखिममा राखेको हुन्छ । बालापनामा लगभग समान रहेको लैङ्गीक समानताको धरातल क्रमशः वयस्क हुँदै जाँदा खस्कने क्रममा पुग्दछ अनि दुरी बढ्दै जान्छ ।

महिलाका लागि पुरुष एउटा रहस्यका रुपमा उभ्याइन्छ अनि पुरुषका लागि पनि महिला एउटा रहस्यका रुपमा । त्यसमाथि इन्टरनेटका अविछिन्न श्रोतहरु अनि अर्नगल सूचना र भिडियोग्राफीहरुले यस रहस्यलाई झनै जोखिममा राख्दछ, हैन र?

लैङ्गीक समानताको धरातलमा उभिनका लागि महिला पुरुष दुबैले आफूहरुमा सोचनिय परिवर्तन ल्याउन जरुरी छ, आफ्नो पुहँच, सिमा अनि शक्तिको प्रयोग दुबै तर्फले बुझ्न अनि आत्मसाथ गर्न जरुरी छ ।

क्लास, कास्ट लगायतका बोझहरु दुबै लिङ्गले भुल्न जरुरी देखिन्छ, पश्चिमा देशहरुमा लभ फेलरको टर्म बढ्दो छ जब प्रेमीप्रेमीकाहरु समबन्धको चुरोमा पुगेर एकअर्कासंग वाक्क हुन्छन तब हिंसा र पीडाको क्रमबाट गुज्रेको सम्बन्धलाई लभ फेलर भनेर भुँईमा थुकेको थुक झै छाडिन्छ । एउटा मुसलमान केटि हिन्दु केटासंग बिवाह गर्न चाहँदा या धर्मगत बाहेक धर्मअन्तर्गत कै कास्टको बिभेदमा समाजको टिप्पणीले पनि महिलापुरुषका समबन्धका मिठासहरु घेरिएको हुन्छ । यसरी समाजमा टिप्पणी गर्ने अवयवहरु पनि त समाजमा रहेका तिनै महिला पुरुषहरु त हुन् नि ?

यस्ता टिप्पणीहरु सामाजिक सञ्जालमा झनै चुरिन्छ, स्टाटसमा राम्रा राम्रा समानताका कुराहरु लेख्ने मान्छेहरु च्याटमा तिनै पुराना र घिनलाग्दा कुराहरु र आलोचनाहरु गर्दै बस्दछन् । आजभोली समाजमा बढ्ला भल फेलरहरुलाई सम्वोधन गर्दै लैङ्गीक समानताको धरातल स्थापना गर्न महिला पुरुष दुबैको सहभागीता अनि सहभागितात्मक परिवर्तन जरुरी छ । सबै महिलाहरु पीडित अनि सबै पुरुषहरु पीडक चाँही हुन्न ।


Loading comments...