Lifestyle Portal
  •   ५ आश्विन २०७८, मंगलवार

जोडी इञ्जिन सहितको सबैभन्दा ठूलो बोईङ जेटको सफल परीक्षण उडान

१२ माघ २०७६, आईतवार २३:२२

विश्वभर विमानको सुरक्षा संयन्त्र तथा प्राविधिक गुणस्तरमाथि प्रश्न उठिरहेकै बखत विमाननिर्माता कम्पनी बोइङले दुईवटा इन्जिन भएको विश्वको सबैभन्दा ठूलो जेट ‘७७७ एक्स’ को पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ ।

उक्त अमेरिकी कम्पनीले निर्माण गरेका दुईवटा विमान एकै वर्ष दुर्घटनामा परेपछि ७३७ म्याक्स मोडलका सबै विमानको उडानमा गत वर्ष संसारभरि प्रतिबन्ध लगाइएको थियो । त्यस दुर्घटनामा ३४६ जनाको मृत्यु भएको थियो ।

परीक्षण भनिएको अमेरिकाको सीयाटलनजिकै एउटा विमानस्थलबाट उडेको ७७७ एक्स विमानले चार घण्टापछि अवतरण गरेको थियो । यस अघि परीक्षण उडानका २ वटा प्रयास खेर गएका थिए । तीव्र गतिमा हावा चलेकाले दुवै परीक्षण उडान स्थगित समेत भइसकेका थिए ।

झन्डै २५२ फुट लामो यो विमान यही वर्ष प्रयोगमा ल्याइने योजना भए पनि केही प्राविधिक समस्याका कारण ढिलो हुन पुगेको हो।

विशेषता
यो मोडलको विमान बोइङको सफल ७७७ मिनी-जम्बो विमानको विशाल र परिष्कृत स्वरूप हो । दोब्रिने विङ्टिप र संसारकै सबैभन्दा विशाल व्यावसायिक इन्जिन यो विमानका विशेषता हुन् ।

बोइङका बजारनिर्देशक वेन्डी सौवर्स भन्छन्, “यो विमानले कम्पनीका रूपमा हामीले गर्न सक्ने भव्य कामको प्रतिनिधित्व गर्छ ।”

नयाँ मोडलका ३०९ वटा विमान बेचिसकिएको बोइङले जनाएको छ । तिनको कुल मूल्य ४४.२ करोड अमेरिकी डलरभन्दा बढी हुन्छ ।

यो विमानले अर्को कम्पनी एअरबसको ३६० यात्रु अट्ने ए ३५०-१००० विमानसँग प्रतिस्पर्धा गर्नेछ ।

दुर्घटनाले सङ्कट
अक्टोबर २०१८ मा इन्डोनेशिया र गत वर्ष मार्चमा इथियोपियामा भएका भयानक विमान दुर्घटनापछि बोइङ कम्पनी सङ्कटमा परेको छ ।

इथियोपियाको दुर्घटनामा एक नेपाली महिलासहित विभिन्न देशका नागरिकको मृत्यु भएको थियो । पाँच महिनाभित्र दुईवटा दुर्घटना भएपछि बोइङले ९३७ म्याक्स मोडलका विमानको उत्पादन पनि स्थगित गरेको थियो ।

बोइङलाई उड्डयन सुरक्षाबारे हेलचेक्र्याइँ गरेको आरोप लागेको छ भने ती दुर्घटनाहरुका विषयमा विभिन्न अनुसन्धानहरू भइरहेका छन् । उक्त मोडलका बोइङहरु दुर्घट्नामा परे त्यो संसारमैं अहिलेसम्मकै सर्वाधिक विक्री भएको विमान हो । विमान त्यसरी थन्काउनुपर्दा बोइङलाई नौ अर्ब अमेरिकी डलरभन्दा बढी घाटा लागेको अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

एजेन्सी, प्योङयाङ । उत्तर कोरियाले योङवायोन आणविक क्षेत्रमा युरेनियमयुक्त भट्टी विस्तार गरेको स्याटलाईट तस्बिरमा देखिएको छ । उत्तरका पछिल्ला गतिविधिले

काठमाण्डौ । यस वर्षको राष्ट्रिय विज्ञान दिवस ‘विज्ञान तथा प्रविधिको उन्नत विकास: प्रकोप र महामारीबाट सहज निकास’ भन्ने नाराका साथ

एजेन्सी, काठमाण्डौ । चीनले अमेरिका, बेलायत र अस्ट्रेलियाबीचको एतिहासिक परमाणु सम्झौताको निन्दा गर्दै त्यसले क्षेत्रीय शान्ति र स्थायित्वलाई कमजोर पार्ने

आम्सटर्डम, एजेन्सी । अफगास्तिानको मामिलामा विवाद बढेपछि नेदरल्यान्डकी विदेशमन्त्री सिग्रिड कागले राजीनामा दिएकी छिन् । अफगान उथलपुथलपछि पदबाट राजीनामा दिने