
नेपालले भारत-पाक बिवादमा मध्यस्तता गर्न सक्दछ: द हिन्दु
कालोल भट्टरजी एउटा लेखक र सर्जक हुन्, यिनी भारतीय उपमहाद्वीपका देशहरु र इतिहासका बारेमा कलम चलाउँदछन् । ‘द हिन्दु’का लागि लेख्ने यिनी बिभिन्न इतिहासिक अनि राजनैतिक पुस्तकका लेखक पनि हुन् । नेपाल भ्रमणमा आएको भारतीय पत्रकारको टोलीमा यिनी पनि थिए । नेपालका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसँगको भेटपछि ‘द हिन्दु‘मा उनले यसबारे लेख लेखेका छन् । सार्कको क्षेत्रीय मुद्दाहरुमा भारत-पाक सीमा विवाद मुख्य एजेण्डा रहेको र एक महत्वपूर्ण छिमेकी राष्ट्र भएको नाताले नेपालले यस सम्बन्धमा मध्यस्तता गर्न सक्ने कुरा नेपाल सरकारको शक्तिशाली श्रोतले बताएको भनी उनले लेखेका हुन् ।
“The Nepalis who are in India (Assam) are not just Nepalis but are also of local origin. They are Nepali-speaking Indians. Not all Nepali speaking people are Nepali (citizens),” said the Highly placed official regarding #NRCAssam . This ws the first time Nepal spoke on #NRCAssam https://t.co/xTgGtfJl7h
— Kallol Bhattacherjee (@janusmyth) January 25, 2020
भारत-पाक विवाद अनि यसबिचमा फस्टाउँदो आतङ्कवाद र घृणाका परिवेशमा नेपालले एउटा सार्वभौम र तठस्त राष्ट्र भएकाले गज्जबको मध्यस्तकर्ताको भूमिका निभाउनसक्ने कुरा भारतीय सरकारमा उठेको भनी ‘द हिन्दु टाइम्स’मा कालोल भट्टरजीले लेखेका छन् । एउटा शान्तीप्रिय, प्रिय अनि स्वाधिन देश भएका नाताले नेपालले भारत पाक विवादमा नयाँ आयाम थप्न सक्ने तथ्य गत शनिवार भारतीय सरकारका एक उच्चपदस्त अधिकारीले बताएका भनी कालोलले ‘द हिन्दु’को त्यस लेखमा उल्लेख गरेका छन् । उनका अनुसार नेपालले भारत-पाक असमानतामा एउटा नयाँ साझा धरातल बनाउन सक्दछ ।
उनको लेखमा उनले नाम नखुलाइ उल्लेख गरेका अधिकारी पछिल्ला समयमा भारत र पाकिस्तनको प्रत्यक्ष वार्ता गराउनमा अग्रणी व्यक्ति भएको कालोलले लेखेका छन् । उनका अनुसार हरेक सार्क भेलामा नेपालले भारतसँगको बैठकमा पाकिस्तानसँगको विवादलाई समाधान गर्न दुबै देशलाई लचिलो हुन आग्रह समेत गर्दै आएको छ । कालोलले नेपाल सरकारले कालापानी मुद्दामा समेत भारत सरकारसँग छलफल गर्नुपर्ने आवश्यक्ता औंल्याएको छ, भारतको उत्तराखण्ड अन्तर्गत भारतले आफ्नो भनी दावी गर्दैआएको कालापानी क्षेत्रमा नेपालसँगको सम्बन्धको विवाद चुलिएको छ भने यसले दुवै देशकाबिच खाडल पैदा गर्न पनि सक्दछ । कालोलले नाम नखुलाइएका उक्त सरकारी अधिकारीलाई उदृतगर्दै नेपाल र भारतले आफ्ना विवादहरु छलफल मार्फत् टुङ्गो लगाउनुपर्ने र नेपाल सत्य स्वीकार्न तयार रहेको पनि बताएको भनेर ‘द हिन्दु’मा लेखेका छन् ।
नेपालका परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले केहि अघि भारतबाट नेपाल गएका एउटा पत्रकारको समूहलाई भेटेर भारत बाङ्गलादेश सीमा विवाद र भारत नेपाल सीमा विवाद दुबैलाई सकेसम्म छिटो सुल्झाएर अघि बढ्नुपर्ने आशय कालोलले उल्लेख गरेका छन् । १५० जना विश्वभरका पाहुना बोलाएर नेपालले सार्क राष्ट्रका प्रतिनिधिहरुलाई सन् २०२० को अप्रिल २ देखि ४ मा सगरमाथा संवाद भनी आमन्त्रण गरिसकेको छ । मन्त्री ज्ञवालीले यस भेलालाई एउटा अनौपचारीक सार्क भेलाका रुपमा पनि अघि लगिने बताएको भनी कालोल लेख्दछन् ।
आसामका नेपाली भाषी भारतीय नागरीकहरु नेपाली भाषाी भएतापनि काठमाण्डौंका लागि भारतीय नै रहेका र भारतको नेशनल सिटिजनशीप रजिष्टरमा उनीहरुलाई समावेश नगराइएको बिषयमा नेपालले चासो राखेको मन्त्री ज्ञवालीले बताए भनी कालोलले लेखेका छन् । आसामका नेपाली भाषि भारतीयहरुले शताब्दी भन्दा अघि नै नेपाल छाडेका मन्त्री ज्ञवालीले बताएको कुरा उल्लेख गर्दै आसाममा भएका नेपाली भाषिहरुको राष्ट्रियताको सुरक्षामा भारतीय सरकार गम्भीर हुनुपर्ने कुरा मन्त्री ज्ञवालीले बताएको कालोल लेख्दछन् ।