‘कोरोना भाइरस’को पर्यटन वर्षमा प्रभाव


चीन नेपाली छिमेकी देश अनि नेपाली पर्यटनमा सर्वाधिक पर्यटक पठाउने देश मध्य एक हो, यस वर्षको शुरुवातमा नै नेपालले यता भिजिट नेपाल २०२० शुरु गर्यो र यस महत्वाकांक्षी योजनामा चीनका पर्यटकहरुको आवागमनले यस भ्रमण वर्षको लक्ष्यमा बिशेष लगानी गर्ने आशा कतै कोरोना महामारी संगै जटिल बनेको त छैन, बिचारणीय प्रश्न हो ।

सिंगापुरका उधोग मन्त्रीले यसवर्ष चीनको यस महामारीको प्रभावले सिंगापुरको उद्योग अनि पर्यटन दुबैमा प्रभाव पार्ने बताइसकेका छन्, नेपालमा पनि अन्य देशहरु झैं उधोग अनि पर्यटनमा यस महामारीको प्रभाव कसरी पर्नेछ भन्ने अध्ययन र तथ्यहरु आत्मसाथ गरिन जरुरी पक्कै छ । डिसेम्बरमा नै चीनकी अभिनेत्री सु किगंलाई नेपाल भ्रमण वर्षको गुडविल एम्बेसडर बनाएर प्रवर्धन गरियो, तर के कोरोना आउटब्रेकसंगै चीनबाट नेपालमा आउने अनुमान गरिएका पर्यटकहरु नेपाल आँउछन त? आवागमनमा वाधा अनि महामारीको प्रकोप संगै नेपाल पर्यटन वर्ष कसरी र कति प्रभवित हुनेछ त ?

नेपाल पर्यटन वोर्डको रेकर्डमा सन् २०१८ मा १२ लाख पर्यटक नेपाल आएकोमा १ लाख ६० हजार त चीनबाट मात्र आएका देखिन्छ, यो एउटा उत्साहजनक डाटा थियो यद्धपी अबको नेपाली पर्यटन महत्वकांक्षामा कोरोना आउटब्रेकले कतिको प्रभाव पार्नेछ होला त ? अष्ट्रेलीयाको बुशफायर अनि त्यहाँ नेपाली पर्यटन प्रवर्धनका विवाद त एकातिर छँदै छ । अन्तराष्ट्रिय आवागमनमा नै बाधा पुगेको अवस्थामा नेपाली स्वास्थ सुरक्षाको बिमानस्थल भित्र र बाहिरको संरचना लगायत नेपाल भित्र नै देखापरेका केहि कोरोना संक्रमणको जाहेरीले पर्यटन ओरालो लाग्ने निश्चित छ ।

नेपाली पर्यटन ब्यवसायीहरुले धमाधम चीनबाट आउने पर्यटक समूहको ट्रिप क्यान्सीलेसनका खबरहरु पाइरहेका छन्, यदि चीन यसवर्ष बलियो दौंतरीका रुपमा नेपाली पर्यटनमा सहभागी हुन नसक्ने हो भने नेपालले कस्तो रणनितिहरु तय गर्ने हो भन्ने विषय धमिलो नै त छ ।

जनवरी २५ बाट चीनमा नयाँ वर्षको रौनक शुरु हुने अपेक्षा थियो, स्मरण रहोस् कि ३ बिलियन चिनीयाँहरु यसै समयमा एक ठाउँबाट अर्को ठाउँ पर्यटकीय हिसाबले यात्रा गर्ने गर्दछन् जुन बिश्वकै सर्वाधिक ठूलो मानव आप्रवासन मानिन्छ । यस वर्ष त्यो आवागमन र आप्रवासन चीनमा ठप्प छ ।

आन्तरिक आप्रवासनमा त यसरी असर गरेको यस परिवेशले नेपालमा आउने चीनका पर्यटकहरु स्वातै घटाउने निश्चित छ । कुरा चीनबाट आउनेहरुको मात्र हैन बिश्वभरिनै ट्राभल ब्यवसाय लगभग ठप्प छ अनि यात्रुहरु त्रसित छन् । नेपालमा झन चीनसंगको जोडिएको सिमाका कारणले यस भाइरसको प्रभाव धेरै नै पर्ने छ , कतै कोरोना आउटब्रेकले सकल पर्यटनको बिश्वव्यापी परिवृतीलाई नै असर त गर्नेछैन ? यस अवस्थामा नेपाल यस भाइरसको आउटब्रेकबाट सुरक्षित छ भनेंर बिश्व समुदायलाई आश्वासन दिने मापदण्डहरुको अवलम्बन अनि आश्वासन पनि जरुरी देखिन्छ ।

चीनले हालका लागि आफ्ना सबै ट्राभल एजेन्सी र ट्रिप प्लानीगं सेवा प्रदायकलाई सम्पूर्ण टुर र यात्राका सेवाहरु रद्ध गर्न आदेश दिइसकेको छ । यसका अलावा एक्लै यात्रा गर्ने यात्रु र पर्यटकलाई पनि सोचेर मात्र यात्रा गर्न र सुरक्षित रहन चीनको आग्रह् पनि एकातिर छ । उता बिश्वभरिका उधोगहरुमा चीनबाट हुने उल्लेख्य आपूर्तिहरु पनि ठप्प प्राय छ ।

कतिपय बिमानसेवा कम्पनीहरुले ज्वरो आएका र तापक्रम बढि भएका यात्रुहरुको थर्मल डिटेक्टर क्यामराले पहिचान गरेपछि रिफन्डको सुविधा दिएर उनीहरुलाई घर फर्काउन सम्म थालेको छ । यस भाइरसको उपचारका लागि औषधी अनि खोपहरुको बिकास तात्विक निष्कर्शमा पनि पुगेको छैन । संक्रमीतहरुलाई कसरी र कुन पद्धतिले उपचार गर्ने र भाइरसको प्रभाव निष्तेज गर्ने भन्ने बिषयमा पनि अवस्था अन्यौलमा नै छ । यात्राका दौरान मेडिकल बिमा दिने सेवा प्रदायक कम्पनीहरु पनि धमाधम आफ्ना रणनिति र योजनाहरुमा परिमार्जन गर्दै यात्रालाई नै रोक्ने निष्कर्षमा पुगिसकेका छन् ।

विश्व स्वास्थ संगठनले पनि चीनका लागि स्वास्थ इमरजेन्सी भनेर घोषणा गरिसकेको छ यद्धपी यो इमरजेन्सी चिनका लागि मात्र नभएर सबैका लागि हो । २००३ मा चीनमा नै सार्स नामक यस्तै संक्रमणले अर्थतन्त्र डामाडोल पार्यो र चीनमात्र नभई विश्वकै अर्थतन्त्र सार्सले पूर्णत बिगारेको थियो । यस भाइरसले यसपटक मात्र ४० बिलियन अमेरिकी डलरको खेती गर्ने एउटा अध्ययनले देखाएको छ र अहिले बिश्वभर पर्यटन, रमाइलो जस्ता कुराहरुमा यात्रा गर्ने चलन पूर्णत घटेर केवल सर्जिकल मास्क र पन्जाहरुको मात्र माग बढिरहेको छ । नेपाल भ्रमण वर्षको महत्वाकांक्षी लक्ष्यलाई कोरोना भाइरसले पार्ने प्रभाव र बैकल्पीक रणनितिहरुमा तार्किक निष्कर्षतर्फ पुग्नुपर्ने देखिन्छ ।


Loading comments...