ईज्रेली पासपोर्ट भएकाले अब साउदी अरब भ्रमण गर्न नपाउने


साउदी अरबका परराष्ट्रमन्त्रीले ईज्रेलीहरुलाई आफ्नो देशमा स्वागत नगरिने र ईज्रेली पासपोर्ट होल्डरले साउदी छिर्न नपाउने बताएका छन् । ईज्रेलका ईन्टेरियर मन्त्री अरेह देरीले चाँही केहि दिन अघि ईज्रेली नागरीक यदि मुसलमान या यहुदी जोसुकै भएपनि साउदी अरब ब्यापार र धार्मिक उदेश्यले भ्रमण गर्न पाउने ईज्रेलीको अधिकार भनी बताएका थिए । तर साउदी अरबका परराष्ट्र मन्त्री राजकुमार फैसल बिन फरहानले स्पष्टसंग ईज्रेली नागरीकलाई आफ्नो देशमा स्वागत नगरिने बताइदिएका छन् । मध्यपूर्वका अन्य धेरै देशहरु झैं साउदी अरबको पनि ईज्रेलसंग बैदेशिक सम्बन्ध छैन, सीएनएनको अरबी वेबसाइटका लागि राजकुमार फैसलले दिएको अन्र्तवार्तामा उन्ले स्पष्टसंग ईस्लामको आस्थाको केन्द्र भूमि साउदी अरबले ईज्रेली पासपोर्टलाई देश छिर्न नदिने बताए । ईज्रेलको केवल २ वटा अरब देशहरुसंग मात्र शान्ति संझौता भएको छ र ति देशहरु जोर्डन र ईजीप्ट हुन् ।

ईज्रेल बिरुद्ध इराकलाई सहयोग गर्दै रुस
ईज्रेलको कृतिम बाढी
कश्मिर र ईज्रेलमा समानता
लाइभमाण्डु


Loading comments...