Lifestyle Portal
  •   ६ चैत्र २०७९, सोमबार

अफगानीस्तानमा अमेरिकी हवाइजहाज दुर्घटना भएको हो त?

१४ माघ २०७६, मंगलवार १३:२५

लोकप्रिय

पूर्वी अफगानीस्तानको एउटा हिउँले सेताम्मे क्षेत्रमा अमेरिकी विमान दुर्घटना भएको छ, सोशल मिडियाहरुमा भाइरल भइरहेको भिडियोले अफगानिस्तानको तालिबानी नियन्त्रित गजनी प्रान्तमा दुर्घट्नाग्रस्त अमेरिकी सेना बमबार्डियर ई – ११ ए विमानको अवशेष देखाउँदछ। ।


तारिकका अनुसार जहाज दुर्घटना भएको ठाँउमा आगोका मुस्लाहरु छन् भने दुईजनाको नराम्रोसँग जलेको शव जहाजको अगाडि पटिको भागमा देख्न सकिन्छ । तालिवानका अर्का प्रवक्ता जविउल्लाह मुजाहिदले पनि अमेरिकी विमान दुर्घटना ग्रस्त भएको र उक्त विमान झरेको ठाँउ चाँही गान्जी जिल्ला रहेको बताएका छन् । यि समाचारका तथ्यगत पुष्टि भने अझै भइसकेको चाँही छैन । अमेरिकी सेनाका मेजर वेथ रियोडरानले भने उक्त खबर अनुरुप कुनै अमेरिकी जहाज भने दुर्घटनामा परेको पुष्टि नभएपनि अन्य सैनिक जहाजहरु दुर्घटनामा परेको हुनसक्ने बताए ।


हुन त अफ्गानी सरकारी तर्फबाट केहि अघि मात्र एरियाना अफ्गान एयरलाइन्सको विमान दुर्घटना भएको बताइएको थियो यद्धपी पछि फेरि सरकारी वक्तव्य जारी गरिएको भने छैन । दुर्घटना भएको भनिएको ठाँउ दुर्गम अनि पहाडी क्षेत्र हो । उता एरियानाका सिईओ मिराभीस मिरजाकवालले भने आफ्नो विमानसेवाका सबै जहाजहरु सकुसल रहेको बताएपछि दुर्घटना भएको या नभएको अनि भएकै भए कुन विमानसेवा या सेनाको विमान खसेको भनि यकिन हुन सकेको छैन ।

तोलो समाचार एजेन्सीले भने जहाज हेरातबाट गान्जी जाने रुटमा दुर्घटना भएको बताएको छ यद्धपी जहाजको परिचय बारे कुनै पनि जानकारी खुलाइएको छैन । हिन्दु कुश पहाडहरुको ईलाका भएको यस गान्जी क्षेत्र हिउँदमा अत्यन्त चीसो हुन्छ, स्थानीयहरुका अनुसार भने जहाज दुर्घटना भएको र सबै यात्रुहरुको मृत्यू भइसकेको छ । थप जानकारीहरु आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,

एजेन्सी सीउल, १९ पुस उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो शक्तिशाली सैन्य अधिकारी पाक जोङ चोनलाई पदमुक्त गरेको कोरियाली