प्रेमीसँग मिली श्रीमानको हत्या


मिति २०७६।१०।०६ गते विहान अन्दाजी ०५:०० बजे जिल्ला मोरङ कटहरी गाउपालिका वडा नं. ७ बस्ने बर्ष ४५ को विकास सरदार जिल्ला मोरङ ग्रामथान गाउँपालिका वडा नं. ३ स्थित ढङटोली स्थित सडक छेउमा रहेको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यू भएको छ भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले घट्नाको बारेमा बुझ्दा मृतक विकास सरदारको पानीमा डुवी मृत्यू नभई निजकै श्रीमती दयावती सरदारले कटहरी गाउँपालिका वडा नं. ७ बस्ने बर्ष ३६ को बोस भन्ने बद्री सरदारसँगको मिलेमतोमा मिति २०७६।१०।०५ गते राति अन्दाजी २०:०० बजे विकाश सरदारको घरमा बद्री सरदार, ललन सरदार र मुकेश सरदार गई निजको घरमा मदिरा खाई निज विकाश सरदारलाई गाँउमा तास खेल्न जाउँ भनि ललाई फकाई घटनास्थल लगि फलामको डण्डाले टाउकोमा प्रहार गरी कर्तब्य गरी हत्या गरेको अनुसन्धानले खुलाएको छ ।

निज दयावती सरदार र बोस भन्ने बद्री सरदारबिच शारीरिक सम्बन्ध रहेको र सोही सम्बन्धको बिषयलाई लिएर निजको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको बेहोरा सहितको समाचार जिल्ला प्रहरी कार्यालय, मोरङले सार्वजनिक गरेको छ ।


Loading comments...