चिठ्ठा सम्बन्धि ठगी अपराधमा तीनजना पक्राउ


मिति २०७६/९/२८ गते अन्दाजी १६:०० बजेको समयमा जिल्ला मोरङ जहदा गाउँपालिका वडा नं.२ बस्ने अमन लाल साहको छोरा वर्ष ३० को किसन देव साहले जिल्ला मोरङ कटहरी गा.पा. वडा नं. १ स्थितमा, मिति २०७५/५/१७ गते जिल्ला प्रशासन कार्यालय मोरङबाट अमन समाज नेपाल कटहरी-१ मोरङ नामको संस्था ३४८७ नम्बरमा दर्ता गरी उक्त संस्थामा काम गर्न ऐ. रंगेली नगरपालिका वडा नं.६ नयाँटोल बस्ने देवानन्द मण्डलको छोरा वर्ष २२ को कम्लेश कुमार मण्डल र ऐ. जहदा गा.पा.वडा नं.७ बस्ने करमचन्द साहको छोरा वर्ष ४५ को राजेश कुमार साह समेतलाई सहयोगीको रुपमा राखी संस्थाको बिद्यान समेत नबनाई, कुनै आधिकारीक सरकारी निकायको इज्जात नलिई गैरकानूनी रुपमा आफू खुसी कार, मोटरसाइकल, टिभी, रेफ्रीजेरेटर, साइकल, ग्यास चुलो समेतका विभिन्न इलेक्ट्रोनिक सामानहरु चिठ्ठामा पर्छ भनि सर्वसाधरण मानिसहरुबाट रसिद काटी रकम असुली रसिद समेत नदिएको र गैर कानूनी रुपमा चिठ्ठा खेलाई रकम असुल गरी सर्वसाधारण मानिसहरुबाट आर्थिक लाभ लिई चिठ्ठा विक्रीवितरण गरिरहेको छ भन्ने विशेष सूचनाको आधारमा प्रहरीले अनुसन्धान थालेको थियो ।

मिति २०७६/९/२८ गते अन्दाजी १६:०० बजेको समयमा निज किसन देव साह, राजेश कुमार साह र कम्लेश कुमार मण्डल समेतलाई उक्त संस्था रहेकै ठाउँबाट नियत्रणमा लिई पक्राउ परेको जानकारी मोरङ प्रहरीले दिएको छ ।


Loading comments...