मक्काका पूर्व ईमामले विश्व स्वास्थका लागि गरे ट्वीट


साउदी अरबले आफ्नो देशमा कोरोना भाइरसको संक्रमण नरहेको बताएको छ यद्धपी साउदी अरेबिया भित्रको मक्का जो मुसलमान समूदायको प्रमुख तथा महत्वपूर्ण तिर्थस्थल हो, त्यहाँका पूर्व ईमामले विश्व स्वास्थका लागि गरेको कल्याणकारी प्रार्थनासहितको ट्वीटले अहिले निकै चर्चा पाइरहेको छ । पूर्व ईमाम अदिल अल कल्बानीले पैगम्बर मुहम्मदलाई आव्हान गर्दै विश्वभरका सबै मानवको शान्ती र स्वस्थ्य जीवनका लागि कामनाको प्रार्थना गर्दै कोरोना बिरुद्ध लड्न मद्दत गर्न आव्हान गरेका हुन् ।

“अल्लाह म कुष्ठरोग, पागलपना, शरीर सुनिने र अन्य प्रेतात्माहरुले ल्याउने रोग बिरुद्ध लड्न यहाँलाई आव्हान गर्न चाहन्छु” कल्बानीले लेखेका छन् ।

मुसलमान मात्र नभई सबै समूदायका लागि आव्हान गरिएको यस प्रार्थना मुसलमान समूदायका लागि विशेष भएतापनि विश्ववन्धुत्व कायम राख्न र भाइचाराको उदाहरणीय कल्याणकारी सन्देश मानिएको छ ।


Loading comments...