Lifestyle Portal
  •   २४ जेष्ठ २०८०, बुधबार

३ हजारबाट ३८ करोडसम्मको यात्रा

६ पुष २०७५, शुक्रबार २०:१२


सुरेन्द्र बजगाई–  नेपालबाट  रोजगारीको खोजीमा  प्रत्यक दिन १५ सयको हाराहारीमा युवाहरु विदेशीने गरेका छन । के नेपालमा ब्यवसाय गर्ने सम्भावना छैन त ? पक्कै पनि हैन नेपालमा नै बसेर सफल  ब्यबसाय गरेर धेरैलाइ रोजगारी दिन  सफल ब्यबसायी हुन् अनुप के बराल।

आज भन्दा १८ बर्ष पहिले चितवनबाट काठमाडौं छिरेका अनुप बरालको जीवनमा धेरै नै उतारचढाव आयो । ३ हजारको सेल्स असिस्टेन्टको कामबाट आफ्नो जागिर सुरु गरेका बरालले यो महँगो सहरको बाच्न र आफ्नो श्रीमती लगायत परिवारलाइ समेत घरखर्च जोहो गर्नु पर्थ्यो । त्यति खेरपनि मानिस आफ्नो जीवनगुजाराको निम्ति विदेशीने चलन नभएको भने हैन । तर स्वदेशमा नै केहि गर्ने अठोट लिएर लगातार आफ्नो परिश्रम गर्दै आफ्नो एउटा छुट्टै पहिचान बनाउन सफल भएकाछन अनुप के बराल ।

अनुप बराल अटोमोबिल ब्यबसायी हुन् तर  उनि भन्छन “हामी चारपांग्रे गाडी मात्र बेच्दैनै, हामी कन्सेप्ट बेच्छौ”। उनि संग एकजना ग्राहक गाडी किन्न कम्पनीमा आएदेखि गाडीको किन्ने प्रक्रिया अनि गाडी धनीले गाडी चड्ने सम्म आवासक पर्ने सबै सेवाहरु प्रदान गर्नु गर्ने दायीत्व उनको कम्पनि संग छ ।

उनको बिचारमा ब्यबसाय सफल हुनको लागी सुचित समयमा उचित बस्तुको ब्यापार गर्न सक्नु पर्दछ अनि मात्र सोचे अनुरुप प्रतिफल प्राप्त गर्न सकिन्छ । तर बरालले काम सुरु गर्दा देशको अवस्था राम्रो थिएन । देशको ब्यबस्था परिवर्तन गर्नको लागी भनेर नेकपा माओवादि जंगल पसेको थियो । जताततै चन्दा र आतंकको त्रास फैलिएको थियो । देशको अवस्था खराव भएको कारण मानिसहरु कतै पनि लगानी गर्ने हिम्मत गर्दैनथे । तर मानिसले सवारीसाधन भने किन्न छाडेनन र ब्यबसाय सफल भयो । नेपालमा अत्यधिक चल्ने मारुती सुजुकीको ट्याक्सी होस या प्रिमियम लक्जरी कार मानिसको रोजाई भएको छ ।

उनले १६ बर्ष लगातार अरुको कम्पनीमा लगातार गरेर गाडी बेची नै रहे । तर उनको मन अरुको कम्पनिमा काम गरेर भरिएन । आफु नै केहि ब्यबसाय गर्न मनमा हुटहुटि चल्यो तर कत्ति पनि पैसा जोगाउन सकेका थिएन् । सिर्फ चार आना जमिन भन्दा केहि थिएनन् । अब के ब्यबसाय सुरु गर्ने ? ऋण कताबाट लिने ? जस्ता प्रश्न मनमा हुदै पनि आफ्नो जागिर चटक्कै छाडेर नया बिजनेसको बारेमा सोच्न थाले । आफ्नो जीवनको उर्जासिल समय अटोमोबिलको काममा लगानी गरेका बरालले फेरी पनि अटोमोबिलको नै ब्यबसाय गर्ने निर्णय लिएर बैंकमा ऋणलिनको लागी धाउन सुरु गरेका बराल ऋण पाउनको लागी धेरै नै धाउनु परेको थियो ।

जसोतसो ऋणको काम त भयो ब्यवसाय पनी सुरु भयो आफ्नैले ब्यवसाय सुरु गरे लगत्तै काठमाडौको सडक बिस्तारको काम सुरु भयो र उनको सोरुम भत्किएर १८ महिना सम्म सोरुमको गाडीहरु त्रिपालले छोपेर राखेको पनि तितो अनुभव छ । यतिमात्र हैन भूकम्पले त उनलाई बाटोमा नै पुर्यायो । रै पनी आफ्नो काम छाडेनन लगातार आफ्ना ग्राहकहरुको सन्तुष्टीको लागी सधै नै लागीपरे ।
अहिले बिस्तारै उनको व्यावसाय द्रुतगतिमा अगाडी बढी नै रहेको छ । उनले गएको आर्थिक बर्षमा मात्रै ३८ करोडको कारोवार गरिसकेका छन । अहिले उनि बिस्तारै आफ्नो सपना पुरा हुदै गएको महसुस गर्दै छन ।

नेसनल अटोमेटिक डिलरको सचिव जस्तो गरिमामय पदमा समेत रहेका बराल आफ्नो व्यवसायको अलाभा रेडियो नेपालमा कार्यक्रम म्युजिकल ड्राइभ भन्ने कार्यक्रम देखि नेपाल टेलिभिजनमा बिजनेस टक कार्यक्रम संचालन गर्ने गर्दथे । यति मात्र हैं उनि मोटीभेसनल स्पिकर समेत हुन् । यहि बहुप्रतीभाको कारणले नै जीवनमा जस्तोसुकै परिस्थितिमा पनि लगातार अगाडी बढ्ने बाटो देखायो ।

वहा संग लाइभमाण्डौ   टिमले गरेको कुराकानी यस प्रकार छ

 

 

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत

जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग