बसन्त पञ्चमीको ईस्लाम सुफी दर्शनमा पनि प्रभाव


बसन्त पञ्चमीको दिनबाट आधिकारिक रुपमा बसन्त शुरु भएको बताइन्छ, अब सुस्तरि कोइलीका कुहुकुहु अनि आवहवामा न्यानोपना शुरु हुन्छ । हिँउदका दिनहरु क्रमश न्यानो हुँदै मौसमले बसन्तका बिम्बहरु सञ्चार गर्न थाल्दछ । सरस्वती पूजा को रौनकमा गाँसिएको बसन्त पञ्चमीमा पहेंलो रगंको महत्व पनि धेरै छ, हामीले अहिलेसम्म बसन्तपञ्चमीलाई सनातन संस्कार अनि लुनार क्यालेण्डरका तजवीजसंग मात्र धेरै गाँसेर बुझेको छौं तर यस्को प्रभाव मुसलमान समुदायमा पनि उत्तिकै रहेको पाइन्छ ।

मुसलमान सुमदाय अनि सनातन सभ्यताको समबन्ध
मुसलमान समुदाय या धर्मको इतिहास खोतल्दै जाँदा मध्यपूर्वका देशहरु अनि मलेसियापनि १३ औं शताव्दीसम्म सनातन संस्कारका गढ नै रहेको पाइन्छ, क्रमश १३ औं शताव्दीपछि अब्राहमीक धर्म अनि दर्शको प्रवाह बिश्वभरि हुन थाल्यो । बिशेषत सुल्तान अनि मुगलहरुको बढ्दो प्रभाव अनि अन्य देशहरुमा यिनको आक्रमण पछि ईस्लाम दर्शनले बिश्वका धेरै ठाँउहरुमा आफ्नो प्रभव पार्यो । अहिलेका पास्तिान, बगंलादेश अनि अफगानीस्तान पनि एकजमानामा बौद्धमार्गी देश रहेको पाइन्छ । अहिलेपनि यि देशहरुमा बौद्धदर्शनका प्रशस्त धरोहर अनि सभ्यताका अशंहरु पाइन्छ ।

भारतीय उपमहाद्धीपमा पनि सुस्तरि ईस्लाम दर्शनको प्रभाव मुसलमान शाषकहरुको बिजय संगै बढ्न थाल्यो यद्धपी संस्कारका कुराहरु अनि सभ्यताका अशंमा सनातन पात्रो अनि दर्शनका अशंहरु आजसम्म पनि छ ।

दिल्लीका निजामुद्धिन औंलेया एकजना शाषक पनि हुन जो पछि फकिर भए, निजामुद्धिन आफ्ना प्रिय भान्जाको असामहिम मृत्युका कारणले धेरै मर्माहित थिए । आफ्नो छोराछोरी नभएका कारणले निजामुद्धिन बहिनीको छोरालाई असाध्यै माया गर्दथे र ति भान्जाको मृत्यूले यिनलाई निकै असर गर्यो । यो १२ औं शताव्दीको कुरा हो, निजामुद्धिन निकै पीडामा रहेका बेला शाषन अनि संरचना दुबै अस्थिर भएको समयमा केहि सुफी कवीहरुले यिनको दरबारमा आफ्ना रुवाइयत सुनाउने कार्यक्रम राखे । सुफी रुवाइयतका कुशल कवी अमिर फुस्रो पनि निजामुद्धिनको दरगाहमा पुगे, यिनी त्यहाँ पुग्दा पहेंलो बस्त्र अर्थात गेरु बस्त्रमा पहेंलो रंगका उपहारहरु लिएर पुगे । यिनले त्यहाँ सुनाएका दर्शन अनि कविताहरुबाट प्रभावित निजामुद्धिनले धेरै पछि आफ्नो अनुहारमा मुस्कान आएको पाए । निजामुद्धिन शोक भन्दा माथि उठेर फेरि शाषनमा फिर्ता आए। यसै दिनको खुशीयालीमा आजसम्म पनि सुफी समुदायले निजामुद्धिनको दिल्ली दरगाहमा बसन्त पञ्चमीका दिन बसन्त पञ्चमी नै भनेर बिभिन्न साहित्यिक कार्यक्रमहरु आयोजना गर्दै आउन थालेका हुन् । अमिर फुस्रोलाई पनि निजामुद्धिनकै कब्र अर्थात चिहान छेउमा गाढिएको छ, दिल्लीमा यिनको दरगाहलाई सन् १५६२ मा पूर्ननिर्माण पनि गरियो । निजामुद्धिन चाँही सन् १३२५ मा मरेका हुन् ।

अमिर फुस्रोको बसन्त रुवाइयत
अब बसन्त आगमन संगै आँपमा कोपीला लाग्न शुरु हुनेछन्
खेतहरु पहेंलो हुदै जानेछन्
आँपका रुखहरुमा कोइली बस्नेछन्, गाउनेछन्

सन्तहरुमा इश्क र इल्म दुबै हुनपर्छ भन्ने निजामुद्धिनको तर्क थियो, ईश्क अर्थात प्रेम अनि इल्म अर्थात ज्ञान । सरस्वती पनि प्रेम, भावना अनि ज्ञान की देवी हुन्, प्रेम, भावना, ज्ञान, तर्क अनि बसन्तको कुनै धर्म हुन्न, तसर्थ यस सरस्वती पूजा र बसन्त पञ्चमीको हरेक धर्म र दर्शनमा उतिकै महत्व छ ।
सुयोग ढकाल


Loading comments...