
सोलार टेलीस्कोपबाट खिचिएका सूर्यको नयाँ तस्बीर र भिडियो सार्वजनिक
नेशनल साइन्स फउण्डेशनको डेलीयल के इनाउजको सूर्यको सतहमा हेर्न मिल्ने ४ मिटर प्रिमीनेन्ट सोलार टेलीस्कोपको तस्बीरहरु सार्वजनिक भएको छ ।
सूर्यको सतहको सर्वाधिक नजिक मानिएका यि तस्बीरहरु पृथ्वीमा पहिलोपटक देखिएका तस्बीरहरु हुन् । अमेरिकाको हवाई मा केन्द्र राखेर लिइएका यि तस्बीरहरुले सूर्य अनि ग्रहहरुको बारेमा बुझ्न थप सहज बनाउने अनुमान लिइएको हो । यि तस्बीरहरुमा सूर्यका सतहहरुका महत्वपूर्ण कुराहरु उजागर गर्दे सूर्यलाई र त्यसको प्रभावलाई बुझ्न थप सहज हुने बताइएको छ ।
This is the highest resolution image of the Sun’s surface ever taken. The National Science Foundation’s Daniel K. Inouye Solar Telescope took the images from the summit of Haleakala, Maui, in Hawai‘i. Learn more: https://t.co/bEPY9apj7A
— WIRED Science (@WIREDScience) January 30, 2020
Credit: NSO/AURA/ @NSF pic.twitter.com/Di5WHsPa77
सूर्यका क्रियाकलापहरुले पृथ्वीमा अधिकतम प्रभाव पार्ने , चुम्बकीय इरुप्शनमा असर गर्ने र यस्का कारणले पृथ्वीमा वायूको चलायमानतालाई पनि असर गर्ने बताइन्छ । जीपीएस प्रविधीमा पनि यि सूर्यका चलायमानताले असर गर्ने बताइएको छ । यि तस्बीरहरुमा सूर्यमा हुने उम्लदों प्लाज्माका तहहरु देखाएका छन् र यि तहहरु अमेरिकाको टेक्सास राज्य भन्दा ठूला भएको बताइएको छ ।
यिनै प्लाज्माका तहहरुको चलायमानताले सूर्यको भित्रि सतहबाट बाहिरसम्म तापक्रम सञ्चार हुन्छ । यस प्रक्रियालाई कन्भेक्शन भनिएको छ । एनएसएफ ले जमिनमा आधारित शक्तिशाली टेलीस्कोपहरुको प्रयोग शुरु गरेपछि यि तस्बीरहरु बहुप्रतिक्षित तस्बीरहरु थिए । बिश्व खगोलशास्त्रमा यी सुक्ष्मदर्शकयन्त्रका यि तस्बीर र भिडियोहरुले निकै महत्वपूर्ण योगदान गर्ने आशा गरिएको छ ।