कोरोना भाइरसबाट बच्ने सरल उपायहरु


कोरोना भाइरसको खोप छैन । कुनै पनि एन्टिभाइरल औषधि कोरोना भाइरस विरुद्ध प्रभावकारी सावित भएको छैन । यसको कुनै उपचार छैन तर यो भाइरसले निम्त्याएका धेरै लक्षणको उपचार मात्र गर्न सकिन्छ । यो रोग लाग्दैमा बिरामीको मृत्यु हुँदैन । यो रोग लाग्न नदिनका लागि निम्नलिखित कुरा ध्यान दिनु आवश्यक छ ।कम्तीमा २० सेकेन्डका लागि साबुन र पानीले हात धुने । साबुन र पानी उपलब्ध छैन भने अल्कोहोल रहित सेनिटाइजर प्रयोग गर्ने

मास्क रोकथामका लागि उपयोगी : उपलब्ध नभएको खण्डमा सजिर्कल मास्क प्रयोग गर्ने

  • खोक्दा र हाच्छ्युँ गर्दा नाक र मुख टिस्यु पेपर वा सफा कपडाले छोप्ने,
  • जथाभावी छोएका हात, आँखा, मुखमा नलाने
  • रुघा, खोकी लागेका व्यक्तिको नजिक नजाने
  • आफू बिरामी भएको बेला घरमा बस्ने
  • जङ्गली तथा घरेलु पशुपन्छीहरूसँग असुरक्षित सम्पर्कबाट टाढा रहने,
  • पशुजन्य मासु र अन्डा राम्रोसँग पाकेको मात्र खाने,
  • बिरामी मानिसको सम्पर्कभन्दा टाढै बस्ने,
  • प्रशस्त मात्रामा झोलिलो पदार्थ पिउने, सागसब्जी, फलफूल, गेडागुडी आदि खाने
  • भिडभाड जस्तै– अस्पताल, सिनेमा घर, सार्वजनिक ठाउँ, सार्वजनिक यातयात, सपिङ मल आदिमा नजाने,
  • फ्लुजस्तो लक्षण देखिएमा चिकित्सकसँग परामर्श लिने


Loading comments...