नेपाली स्ट्याण्डमा टर्किस सेल्फी


टर्कीको इस्तानावुलमा बिश्वभरिकै सर्वाधिक ठूला ४ वटा अन्तराष्ट्रिय टुरिज्म मेलामध्यको एक मेला आयोजना भइरहेको छ, यस्लाई एमीट २०२० नामले आयोजना गरिएको हो । यस मेला ३० जनवरी देखि फेब्रुअरी २ सम्म सञ्चालन हुनेछ, पर्यटन ब्यवसायका ६० हजार भन्दा बढि पेशागत मान्छेहरुको उपस्थिति रहने यस मेलामा १२०१ प्रदर्शक स्टलहरु, ९४ देशहरु र करिब ५९ हजार मान्छेहरु त पहिलो दिनमा नै उपस्थित भइसकेका छन् । नेपाल पर्यटन वोर्ड पनि यस मेलाको नेपाली सहभागीताको संयोजक रहेको छ र नेपालवाट नेपाल पर्यटन वोर्ड लगायत अन्य ४ नेपाली ट्राभल कम्पनी पनि यसमा सहभागी छन् । बिश्वव्यापी पर्यटनको महाकुम्भमा नेपाली स्टलमा टर्कीका कल्चर र टुरिज्म मन्त्री मेहमत नुरी इस्रोय स्वयम आएका थिए, इस्रोयलाई नेपाल पर्यटन वोर्डका सिनियर म्यानेजर दिवाकर बि रानाले नेपाली उपहार पनि प्रदान गर्नुभयो ।

नेपाली स्टलमा बिदेशी हरुको घुँईचो संगै भिजिट नेपाल २०२० लेखेको ब्यानर अगाडि सेल्फी खिच्ने अनि पोष्ट गर्ने लर्को पनि बढ्दो छ । बिश्वभरिका ट्राभल उत्साहीहरुको यस महाकुम्भमा नेपाल पर्यटन वोर्डको नेपाली सहभागीता संयोजन अनि पर्यटन वोर्डको स्टलमा बिदेशीहरुको उत्साहजनक भेलालाई निकै सकारात्मक अनि अन्तराष्ट्रिय बजारमा नेपालको बढ्दो रौनकको घोतकका रुपमा लिन सकिन्छ ।
लाइभमाण्डु


Loading comments...