
बंगलादेशले दश हजार शरणार्थी रोहिगिंया बालबालिकालाई शिक्षा दिने
१६ माघ २०७६, बिहीबार २२:५१
बंगलादेशमा शरण लिई बसेका १० हजार रोहिगिंया बालबालिका हितमा बंगलादेश सरकारले शिक्षा दिने गरेको निर्णयको विश्वभरका अधिकारकर्मी अनि अभियन्ताहरुले स्वागत गरेका छन् । साँघुरो क्याम्पमा बंगालको खाडी तटका गाँउहरुमा बसोवास गरिरहेका रोहिगिंयाका बालबालिकालाई शिक्षा प्रदान गर्ने बंगलादेशको निर्णयलाई विश्व समूदायले स्वागत गरेको हो ।
सन् २०१७ मा आफ्ना बुवाआमासँग म्यानमारमा भएको ब्यापक नरसंहारको भयबाट सास्ती खेप्दै बंगलादेश छिरेका रोहिगिंया बालबालिकाहरुलाई यसअघि केहि गैरसरकारी संस्था र संयूक्त राष्ट्र संघका निकायहरुबाट प्राथमिक शिक्षासम्म दिने ब्यबस्था गरिएको भएतापनि बंगलादेश सरकारकै तहबाट भने कुनै शिक्षाका कार्यक्रमहरु प्रदान गरिएको थिएन ।
युनिसेफले आज एउटा ट्वीट गर्दै १० हजार रोहिगिंया बालबालिका हितमा बंगलादेश सरकारले लिएको निर्णयको प्रशंसा गरेको छ
It’s their right. This important step provides 10,000 Rohingya refugee children and young people with hope for a brighter future. #ForEveryChild, education. https://t.co/4IMYgJAQl4
— UNICEF (@UNICEF) January 30, 2020
गत वर्ष बैशाखमा चाँही यूनिसेफ र बंगलादेश सरकारको संयोजनमा करिब १० हजार रोहिगिंया बालबालिकाले शिक्षा लिने बातावरण बनेको थियो, यस वर्ष बाट बंगलादेश सरकार स्वयमले सबै रोहिगिंया बालबालिकालाई म्यानमारको बिद्यालय पाठ्यक्रम अनुरुप पढाउने भएको हो । महबुब आलम तलुकदार बंगलादेशका शरणार्थी आयोगका प्रमुख हुन्, यिनका अनुसार अब बंगलादेश सरकारले पढ्ने उमेर भएका रोहिगिंया बालबालिकालाई म्यानमारको पाठ्यक्रम अनुसार बढाउने ब्यबस्था गर्नेछ । उनीहरुले म्यानमारी भाषा मै म्यानमारी बिद्यालय कै पाठ्यक्रम पढ्नेछन् ।
सन् १९८२ मा नै म्यानमार सरकारले नागरीकता नदिएपछि राज्य अनि राष्ट्रियताविहिन भएका रोहिगिंयाहरुले नयाँ आवासका रुपमा बंगलादेश पाएका त हुन् यद्धपी बंगलादेश पनि दीर्घकालसम्म रोहिगिंयाहरुलाई राख्न सक्ने अवस्थामा भने छैन ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारत सरकारको अनुदान सहयोगमा तनहुँ जिल्लाको घिरिङ गाँउपालिकामा अवस्थित श्री दिपक माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन भएको छ । भारतीय
भारत सरकारको अनुदान सहयोगमा सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–६ मा अवस्थित सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्यूटको नवनिर्मित शैक्षिक भवनको उद्घाटन सम्पन्न भएको
विपद् न्युनीकरण प्रयासमा नेपाललाई निरन्तर सहयोग गर्ने हाम्रो प्रतिबद्धता अनुरुप नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गृह मन्त्रालय, सिंहदरबारमा आयोजित
भारत सरकारको अनुदान सहयोगमा डोटी जिल्लाको जोरायल गाउँपालिका–४ कुण्डीकोटमा अवस्थित श्री घण्टेश्वर माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवन तथा छात्रावास