Lifestyle Portal
  •   २० असार २०७९, सोमबार

गैंडाको खाग सहित दुईजना पक्राउ

१६ माघ २०७६, बिहीबार २३:०८

काठमाडौं, १६ माघ । काठमाडौं महानगरपालिका-७ चाबहिलबाट दूर्लभ वन्यजन्तु गैंडाको खाग सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं खड्गभद्रकाली घर भई काठमाडौं महानगरपालिका-८ चाबहिल बस्ने ४६ वर्षीय लब खत्री र बाजुरा बुढीगंगा नगरपालिका-६ घर भई कपन एकताबस्ती बस्ने २२ वर्षीय दिनेश थापा रहेका छन् ।

दूर्लभ बन्यजन्तु गैंडाको खाग अबैध रुपमा ओसारपसार गरी ल्याई २५ लाख रुपैयाँमा कारोबार गर्न लागेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले उनीहरुको डेरा कोठा तलासी गर्ने क्रममा उक्त गैंडाको खाग फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुलाई आवश्यक कारवाहीको लागि जिल्ला वन कार्यालय हात्तीसार पठाइएको उक्त महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

असार १९, वीरगंज । विश्व हिन्दू परिषद् नेपाल, पर्सा निकट युवाहरुद्वारा पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकामा विरोध प्रदर्शन गरिएको छ ।

भारत सरकारको अनुदान सहयोग अन्तर्गत नेपालका विविध हितग्राही संस्थाहरुलाई ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहार प्रदान गरिएको

नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले आज राष्ट्रपति भवन, शितल निवासमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी

नेपालका लागि नव–नियुक्त भारतीय राजदूत महामहिम नवीन श्रीवास्तव आज काठमाडौं आइपुग्नुभएको छ । श्रीवास्तव करियर कूटनीतिज्ञ हुनुहुन्छ । काठमाडौं आउनु