
सैयौं कर्मचारीहरुलाई हटाउँदै बिबिसी
१६ माघ २०७६, बिहीबार २३:३८
बिबिसीले आफ्नो न्यूजरुमलाई आधूनिकिकरण गर्ने भएको छ, यसका कारण बिबिसीले चार सय पचासभन्दा बढी कर्मचारीहरुलाई घर फर्काउने निर्णय लिएको छ । बेलायतमा आधारित पव्लीक सर्भिस ब्रोडकास्टरले लागत घटाउन अनि आधूनिक संरचनाहरु न्यूजरुममा लागू गर्न यो निर्णय लिन लागेको बताइन्छ । न्यूज नाइट, रेडियो ५ लाइभ अनि न्यूज आउटपुटमा गरि ४५० कार्यरत कर्मचारीहरु अब घर फर्किने छन् । यसका अलावा भावी दिनमा प्रस्तोताहरुको पनि पूनरावोलोकन गरिने बताइएको छ, फ्रान अनवर्थस बिबिसीका न्यूज र करेन्ट अफेयरर्सका निर्देशकले बताएका हुन् ।
Two very different headlines of the same news: one for internal staff, one for how the BBC publishes the news to its audience: #bbccuts pic.twitter.com/m5hpwtJVIJ
— Melissa Hogenboom BBC (@melissasuzanneh) January 29, 2020
बिबिसी पछिल्ला दिनमा पाका पुस्ताको मात्र रोजाईमा पर्दै गएकाले बिबिसीले सन् २०१६ मा बिबिसी ३ भनेर यूवाहरु केन्द्रित च्यानल अनि डिजिटल इन्टरचेन्सनमा प्रसारण केन्द्रित गरेको थियो । अनवर्थसका अनुसार अब बिबिसी हरेक पुस्ताहरुको मुखपत्र बन्न चाहन्छ । विश्व राजनितीमा नयाँ नयाँ मुद्दाहरु अनि तर्कहरु पैदा गर्ने बिबिसीको न्यूज नाइट कार्यक्रममा पनि अब कभर गरिने कथाहरु अनि अन्तरवार्ताका श्रृंखलाहरु कम हुनेछन् ।
खेलकूदमा आधारित कार्यक्रमहरु प्रसारण गर्ने ‘रेडियो ५’ अनि ‘रेडियो ४’ को टुडे कार्यक्रम पनि अब प्रभावित हुनेछन् । भर्खरै बिबिसीको लाइसेन्स शुल्क व्यवस्थापनमा बिबिसीले ८० मिलियन पाउण्ड जोगाएको छ यद्धपी बिबिसी अहिले किन लागत घटाउने र सामाग्रीहरुमा सम्झौता गर्ने निर्णयमा पुगेको हो भन्ने चाँही बुझ्न सकिएको छैन ।
अब विश्व अंग्रेजी सर्भिसमा वर्ल्ड अपडेट श्रृंखलाहरु पनि हट्नेछ । अब हेरौं बिबिसी केन्द्रको यस निर्णयले विश्वभर छरिएका बिबिसीका रिजनल कार्यालयहरुमा कस्तो प्रभाव पार्नेछ ?
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
एजेन्सी सीउल, १९ पुस उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो शक्तिशाली सैन्य अधिकारी पाक जोङ चोनलाई पदमुक्त गरेको कोरियाली
एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल
कोरोना महामारी, निरन्तरको जलवायु प्रकोप, बढ्दो भूराजनीतिक तनाव, थलिएको अर्थतन्त्रमा कछुवाको गतिमा झिनो सुधार, ऊर्जा र खाद्यन्नको अकल्पनीय मूल्य वृद्धिलगायत
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा