
अष्ट्रेलीयाको सिड्नीमा ‘फेसन अफ हेरीटेज २०२०’ हुने
एस.ए.पी इन्ट्ररटेन्टमेन्टको आयोजनामा अष्ट्रेलियाको सिड्नीमा फेसन अफ हेरीटेज २०२० को आयोजना हुने भएको छ । नेपाली हेरीटेजलाई फेसन सो को माध्यामबाट प्रवासमा बस्ने नेपालीहरु र अष्ट्रेलियाका नागरीकहरुका बिच उजागर गर्ने उद्दश्य रहेको एस.ए.पी सिइयो सन्तोष अधिकारीले वताएका छन् । फेबरुवरी २९ तारीकका दिन अष्ट्रेलियाको सिड्नीमा हुने सो कार्यक्रममा नेपालबाट डिजाइनर अमीतेस कर्ण तथा सुकनीता चौलागाइको उपस्थीति रहने भएको छ ।
एक दर्जन भन्दा बढी मोडलहरुको सहभागीता रहने सो फेसनसोमा फेसन आइकन तथा कलाकार प्रशान्त तामराकार गायक धिरज राइ गायीका प्रप्ती तुलाचनको सहभागीता रहने छ । यस अघीपनी एएस ए पि इनटरटेन्टमेन्टले अष्ट्रेलिया तथा नेपालमा नेपालको कला संस्कृती झल्कने बिभिन्न किसीमको कार्यक्रमहरुको आयोजना गर्दै आइरहेको छ ।
ASAP Entertainment Australia को आयोजन रहेको यो कार्यक्रमको सञ्चालन चर्चीत सञ्चारकर्मी विवेक खतीवडाले गर्नेछन् । यो कार्यक्रमले नेपाल भ्रमण बर्ष २०२० को प्रचार प्रसार हुने र संस्कृती र सम्पदा संरक्षण र प्रवर्द्धन हुने विश्वास लिइएको छ ।