
मायासँग गीतको भिडियो सार्वजनिक
१३ मंसिर २०७५, बिहीबार १०:३७
संगित एक त्यस्तो कला हो जस्ले मनमा आनन्द प्रदान गर्ने र उर्जा उत्पन्न गराउने कार्य गर्दछ । संगित मानिसको जिवनको एक सार पनि हो । एकान्तमा होस या समुहमा संगितले ठुलो महत्व राख्दछ । संगितलाइ दुःख कम गर्ने र खुसीयाली बृद्धी गर्ने साधनाको रुपमा लिन सकिन्छ । दुस्खमा होस् या सुखमा हर्ष, विस्मात र भगवान भक्तिमा भजन जताततै आखिर गीत मान्छेहरूको एक अभिन्न मित्र भनेकै गीत, संगीत हुन्छ । नेपाली साहित्यमा विगत तीन दशकभन्दा बढी अनवरत रूपमा निरन्तर लागि रहनु भएका कवि, गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन अमरू को रचनामा अमरको २० औं कृतिमा रहने गीतको बोल
“मायासँगै मन रमाउँछ त्यो रूपैले मलाई सताउँछ
अब तिमी मलाई साथ देऊ एक्लै यो मन हराउँछ ।”
सुर, ताल, अनि लयको राम्रो संयोजन गर्न सफल यस गीतमा गायिका अश्विनी सिटौलाको स्वरमा राम कार्कीको संगीतमा अनि रोशन कुमारको निर्देशनमा उक्त अति सुन्दर स्थान इन्द्र दह र कालू पाण्डे समाधी स्थान दह चोक वरपर मनकामना मन्दिर, हिमाल, पहाड तथा हराभरा सुन्दर दृश्य कैद गरिएको भिडियो चन्द्रागिरी न। पा का वडा १ का अध्यक्ष राजेन्द्र के। सि बाट क्यामेराको पूजा गरी छायांकन कार्यको शुभारम्भ गरिएको थियो । अभिनय तर्फ अजय श्रेष्ठ,सन्ध्या खड्का, रितिका जिरेल र गायिका अश्विनी सिटौलाको बेजोड अभिनय रहेको भिडियोको छायांकन दिप गुरुङले गरेका थिए । भिडियोको इडिटिङ्ग रियान शाहको रहेको छ भने मेकप तथा साजसज्जा लक्ष्मी मल्लले गर्नु भएको गियो ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा