
एयर इण्डियाले चीनको हुवानबाट ३२४ भारतीयको उद्धार गर्यो
१८ माघ २०७६, शनिबार १२:१८
आज बिहान करिब ७ बजेर ३० मिनट समय जाँदा भारतको नयाँ दिल्लीमा चीनको हुवानबाट आएको एयर इण्डियाको विमान (बोइङ ७४७) अवतरण गर्यो । त्यस जहाजमा भारतीय सरकारले ३२४ जना हुवानमा बस्ने भारतीयहरुलाई उद्धार गरि ल्याएको हो, बिभिन्न टोल फ्री नम्बर, इमेल अनि हटलाइनको प्रयोग गरेर हुवानमा रहेका भारतीयहरुलाई भेलापारी भारत ल्याइएको हो ।
सबै यात्रीहरुलाई हरियाणाको मनेसरस्थित भारतीय आर्मीको क्वारेन्टाइनमा उपचारार्थ राखिनेछ । बेइजिङमा रहेको भारतीय दुतावासले जनाए अनुसार थप एउटा उडान तय गरेर अरु भारतीयहरुलाई पनि हुवेई प्रान्तबाट उद्धार गर्ने तयारी रहेको छ ।
#AirIndia Flight from #Wuhan, China landing at #Delhi Airport carrying Indian passengers. #coronavirusindia #CoronaVirus pic.twitter.com/jkLGFa7R4f
— Purushottam Reddy (@puruam) February 1, 2020
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
एजेन्सी सीउल, १९ पुस उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो शक्तिशाली सैन्य अधिकारी पाक जोङ चोनलाई पदमुक्त गरेको कोरियाली
एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल
कोरोना महामारी, निरन्तरको जलवायु प्रकोप, बढ्दो भूराजनीतिक तनाव, थलिएको अर्थतन्त्रमा कछुवाको गतिमा झिनो सुधार, ऊर्जा र खाद्यन्नको अकल्पनीय मूल्य वृद्धिलगायत
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा