अन्तर्राष्ट्रिय पर्यटन र यात्रा मेला इएम्आइटीटी इस्तानबुल, टर्किमा सम्पन्न


पूर्वी भूमध्य अन्तर्राष्ट्रिय पर्यटन र यात्रा मेला इएम्आइटीटी को २४ औ सस्ंकरण यही ३० जनवरी देखी २ फेब्रुअरी २०२० सम्म इस्तानबुल, टर्किमा सम्पन्न भएको छ । उक्त मेलामा नेपालको सहभागिता पर्यटन व्यवसाय नेटवकिर्गका हिसावले फलदायी भएको छ, जहाँ नेपालले टर्किका दर्शकहरुलाई विभिन्न पर्यटकीय गन्तब्य, सेवाहरुको बारेमा आवश्यक जानकारी तथा सेवा प्रदान गर्ने ब्यवसायीहरुले पर्यटक उत्पादनहरु प्रर्दशन गरी आपनो बलियो उपस्थिति जनायो । नेपालले र्र्ईएमआईटीटी २०२० को सबैभन्दा ब्यवस्थित स्टैंडको पुरस्कार पनि प्राप्त ग¥यो ।

नेपाली स्ट्याण्डमा टर्कीको संस्कृति तथा पर्यटन मन्त्री मेहमेत नुरी एरसोइ आउनुभएको थियो । वहाँलाई नेपाल पर्यटन बोर्डका बरिष्ठ प्रबन्धक श्री दिवाकर बिक्रम राणाले स्वागत गरी नेपाली कलात्मक घण्टा उपहार प्रदान गर्नुभएको थियो । साथै भ्रमण वर्ष २०२० मा टर्किस नागरिकका साथमा नेपाल भ्रमण गर्न निम्तो दिनुभएको थियो ।

टर्किको बढ्दो आउटबाउन्ड र राम्रो हवाई सञ्जालका कारण हालैका वर्षहरुमा धेरै एशियाली देशहरुको लागि राम्रो स्रोत बजारको रुपमा स्थापित भएको छ र नेपाल पनि यी मध्य एक हो । नेपाल पर्यटन बोर्डले यस बजारमा नेपाललाई परिचित गर्न उपलब्ध सबै प्रयासहरु गरिराखेको छ । र्र्ईएमआईटीटीको सहभागिता यस्तै प्रयासहरुको निरन्तरता हो जुन नेपाल पर्यटन बोर्डले पछिल्लो केहि वर्षहरुदेखि नियमित गरेको छ ।

इएम्आइटीटीमा बोर्डले गन्तव्य मार्केटिङ कार्यशालाहरु र बी टु बी सञ्जाल सत्रहरुमा उपस्थिति जनायो जसले आउटबाउन्ड विक्रेताहरुसगँ व्यवसाय सम्पर्कहरु स्थापित गर्न प्रभावकारी भुमिका र्निवाह गर्न सहयोग गर्नेछ । साथै अन्तराष्ट्रिय अपरेटरहरुको गन्तब्य सूचीमा नेपाल राख्न पनि बोर्ड पदाधिकारीहरुले अनुरोध गर्नुभयो ।


नेपालका बारेमा सहभागीहरुलाई जानकारी भएको र गन्तब्यका रुपमा सकारात्मक रुपमा लिइएको पाइयो । उनीहरु मूलत भिषा जानकारी, टर्कीबाट नेपालको यात्रा रुट र नेपालमा गर्न सकिने क्रियाकलापका बारेमा बढी चासो रहेको थियो । नेपाल स्टलमा रहेको सेल्फी बुथले हरेक उमेर समूहका ब्यक्तिहरुलाई आकर्षण गरिरहेको थियो ।

नेपालको स्टलले ५०० भन्दा बढी ट्रेड भिजिटर प्राप्त ग¥यो भने १००० भन्दा बढीले स्टल अवलोकन गरेका थिए । इस्तानबुल र काठमाण्डौं बीचको सिधा हवाई सम्पर्कले टर्किस पर्यटकको आगमन संख्या निरन्तर बढी रहेको छ । सन् २०२० मा कूल ६१०० टर्किस नागरिकले नेपाल भ्रमण गरेका थिए ।

नेपाल पर्यटन बोर्डसँगै हिमालयन गाइड्स नेपाल ट्रेक्स एण्ड एक्सपिडिसन, स्वर्णिम टुर्स एण्ड ट्राभल, कृष्टल एड्भेन्चर्स र वान हिमालयन एड्भेन्चर्स सहभागी थिए ।
Nepal stall showcases Lifetime Experiences

नेपाल पर्यटन बोर्ड
प्रेस बिज्ञप्ती
२०७६ माघ १९


Loading comments...