
सोनिया गान्धी अस्पताल भर्ना
२० माघ २०७६, सोमबार १०:०८
फेब्रुअरी २ तारिख को साँझ अचानक असह्य रुपमा पेटमा पीडा भएपछि ‘भारतीय काँग्रेस आई’की नेतृ सोनिया गान्धीलाई अस्पताल भर्ना गरिएको छ । गान्धीलाई दिल्लीको सर गंगाराम अस्पतालमा भर्ना गरेर राखिएको छ । काँग्रेस आई की सर्वोच्च नेतृ सोनियालाई थप उपचारका लागि राखिनु पर्ने र धेरै जाँचहरु गरिनु पर्ने बताइएको छ भनी अस्पताल प्रशासनलाई उदृत गर्दै ‘द हिन्दु’ले लेखेको छ ।
Congress president Sonia Gandhi admitted to the Sir Ganga Ram Hospital#SoniaGandhi https://t.co/XQbFCWn1Nv
— Business Standard (@bsindia) February 2, 2020
साँझको ७ बजे गान्धीलाई अस्पतालमा भर्ना गरिएको अस्पतालको विज्ञप्तीमा उल्लेख छ । उनलाई ज्वरो र श्वाँसप्रश्वास समस्या भएको अस्पताल प्रशासनले बताएको छ । ‘भारतीय काँग्रेस आई’की अध्यक्ष सोनियाले स्वास्थका कारण शनिवारको दिनको संसदको बजेट कार्यक्रममा समेत सहभागी हुन नसकेको बताइएको छ ।
आसन्न महाराष्ट्रको चुनावको राजनैतिक दौडधुपमा ब्यस्त रहेकी सोनियाको भारतीय संसदमा रणनैतिक महत्व रहेको पाइन्छ, उनका छोरा राहुल र छोरी प्रियंका पनि अस्पतालमा रहेका बताइन्छ । ७३ वर्षिय सोनिया गान्धीको स्वास्थका बिषयलाई लिएर विश्वभरबाट सन्देश अनि शुभकामनाहरु आइरहेका छन् । सन् २०११ मा सोनियाको एलमेन्टको सर्जरी अमेरिकामा भएको थियो ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारत सरकारको अनुदान सहयोगमा तनहुँ जिल्लाको घिरिङ गाँउपालिकामा अवस्थित श्री दिपक माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन भएको छ । भारतीय
भारत सरकारको अनुदान सहयोगमा सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–६ मा अवस्थित सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्यूटको नवनिर्मित शैक्षिक भवनको उद्घाटन सम्पन्न भएको
विपद् न्युनीकरण प्रयासमा नेपाललाई निरन्तर सहयोग गर्ने हाम्रो प्रतिबद्धता अनुरुप नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गृह मन्त्रालय, सिंहदरबारमा आयोजित
भारत सरकारको अनुदान सहयोगमा डोटी जिल्लाको जोरायल गाउँपालिका–४ कुण्डीकोटमा अवस्थित श्री घण्टेश्वर माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवन तथा छात्रावास