छोरीको झुठो जन्मदिन मनाएर २४ जना बच्चाहरु अपहरण गर्ने व्यक्ति


भारतको लखनउबाट करिश ३०० किमि दक्षिणपश्चिममा रहेको फरौखावाद जिल्लामा हालै एउटा अचम्मको घटना भएको छ । गत शुक्रवार यि व्यक्तिले आफ्नो छोरीको जन्मदिन भनी छिमेकीका सबै बचचाहरुलाई घरमा निमन्त्रणा दिए, करिब २४ जना बालबालिकाहरु जन्मदिन मनाउन त पुगे तर त्यसपछि यि व्यक्तिले सबै बालबालिकालाई अपहरण गरे । घरबाहिर ठूलो हुल जम्मा भयो तर यिनले बच्चाहरुको हत्या गरिदिन्छु भनी धम्की दिएपछि बाहिरका मान्छेहरुले केहि गर्न सकेनन । घरबाट भागेर निस्केकी यि ब्यक्तिकी श्रीमतीलाई बाहिरका भीँडले झण्डै पीटेर मार्न आँटेको थियो तर प्रहरी आएर जोगायो । अन्तत उत्तर प्रदेश प्रहरीले ति व्यक्तिलाई गोली हानेर मार्यो । ४० वर्षका सुवास वाथम केहि समय अघि मात्र कारावासबाट हत्या अभियोग पछि धरौटीमा छुटेका थिए, फर्कना सथ आफ्नी ९ वर्षिय छोरीको शुक्रवार जन्मदिन भनेंर यिनले बिहिवार नै छिमेकीका बच्चाहरुलाई निम्तो दिए ।

यसरी जन्मदिनको नाटक रचेपछि आएका बच्चाहरुलाई यिनले अपहरण गरि गाँउले र प्रहरीसंग १० लाख भारतीय रुपैंया अनि आफूमाथि लागेको हत्या अभियोग हटाउन माग गरे । प्रहरीका अनुसार वाथमले केहि राउयण्ड गोली पनि घरभित्रबाट प्रहार गरेका थिए, प्रहरीले कुरा गर्न खोज्दा वाथमले कृहि कुरा गर्न नमानेपछि त्यहाँ तालिमप्राप्त कमाण्डोहरु परिचालन गरियो । अन्तत वाथम लाई मारेर बच्चाहरु छुटाइएको हो ।

लाइभमाण्डु


Loading comments...