अफगानीस्तानमा अमेरिकाले खसालेको ७४२३ बमहरु


भर्खरै सन् २०१९ मा अमेरिकाले अफगानीस्तानमा कतिवटा बम खसाल्यो भन्ने डाटा सार्वजनिक भएको छ, डाटाका अनुसार अमेरिकाले सन् २०१९ मा अफगानीस्तानमा ७४२३ बमहरु खसालेको थियो । सन् २०१६ मा डोनल्ड ट्रम्प राष्ट्रपति भएपछि अफगानीस्तानमा अमेरिकी हमला सिलसिलाहरु थप बढेको बताइन्छ । सन् २०१८ मा ७३६२ वटा बम खसालेको अमेरिकी वायू सेनाको रेकर्डलाई सन् २०१९ को ७४२३ बमको रेकर्डले उछिनेको छ । यूएस एयर फोर्सको सेन्ट्रल कमाण्डको रिपोर्ट अनुसार यि जानकारीहरु रहेका छन्, सोमबार जनवरी २७ मा सेन्ट्रल कमाण्डको प्रतिवेदन सार्वजनिक भएको थियो ।

सन् २००९ मा केवल ४१४७ वटा बमहरु मात्र अफगानीस्तानमा खसालिएको थियो जुन सन् २०१९ को डाटा अनुसार लगभग आधा कम हो । टार्गेट गर्दा जनसाधारणलाई र गैरसैनिक समूहलाई निशाना नबनाउने अमेरिकी नीतीलाई अहिले खुकुलो पारिएकोले अन्धाधुन्ध बमहरु खसालिएको बताइन्छ, यस अघि अमेरिकी नीतिमा टार्गेट प्रोक्सिमिटीको नीति समावेश थियो ।

आइतवार मात्र बाल्ख क्षेत्रमा ७ जना निहत्था अफगानी नागरीकको अमेरिकी हवाई हमलामा मृत्यू भएको थियो जस्मा ३ जना बालबालिका थिए, यो डाटालाई पनि जोडेर सेन्ट्रल कमाण्डले ७४२३ बमको सख्याँ निर्धारण गरेको बताइन्छ । जनवरी महिनाको शुरुवातमा नै हेरात राज्यमा ६० जना सर्वसाधरणको अमेरिकी आक्रमणमा मृत्यू भएको हो जस्मा तालिवानका स्पीलीन्टर ग्रुप कमाण्डर पनि मारिए । एकजना आतंकवादी या बिद्रोहीको हत्याका लागि ६० जना सर्वसाधरणको मृत्यूको मुल्य भने धेरै रहन्छ । फराह राज्यमा भएका तालिवानका ड्रग्स ल्यावमा निशाना बनाएर आक्रमण गर्दा अक्टोवर महिनामा मात्र अमेरिकी हमलाले ३० जना सर्वसाधरणको मृत्यु भएको कुरा राष्ट्र संघको प्रतिवेदनमा नै छ ।


Loading comments...