
हाम्रा हिन्दु साथीहरुका लागि केहि गर्न चाहन्थ्यौं
भारतको दिल्लीमा नागरीकता बिधेयक बिरुद्ध चलिरहेको आन्दोलनमा गएर गोली चलाउने एकजना १७ वर्षका किशोरको उदेश्य अनि उन्का साथीले भनेका कुराहरुले भारतमा बढ्दो धार्मिक सेन्टीमेन्ट अनि हिन्दुत्वको आगो स्पष्ट पार्दछ । १७ वर्षिय यि किशोर आफ्नो घरबाट हजुरबुवालाई स्कुल जान्छु भनी निस्केका त थिए तर यिनी स्कुल नगई बन्दुक बोकेर र्यालीमा पुगे र गोली चलाए ।
स्कुल भन्दा धेरै पर लगभग ७० किमी परको जामिया मिलिया ईस्लामीया बिश्वबिधालयमा भइरहेको नागरीकता बिधेयक बरुद्धको र्यालीमा पुगेर जय श्री राम भन्दै यिनले गोली चलाए । १७ वर्षका यि किशोरको यो हर्कत कतिको सुझबुझ सहितको थियो या थिएन भन्ने रहस्य पनि एकातिर छ ।
आखिर किन भारतले आफ्नो धर्म निरपेक्षतामाथि कुठाराघात गर्दै मुसलमान समुदाय बिरोधी नियमहरु ल्याइरहेको छ ? यो प्रश्न पनि कतिको सत्य धरातलमा उभिएको छ या छैन बिचार योग्य कुरा हो । भारतको राजधानी दिल्लीमा यतिको ठूलो भीडभाँडमा एकजना सर्वसाधरणले बन्दुक निकालेर त्रसित गरेको यो पहिलो घटना हो भनेंर अलजजिराले लेखेको छ ।
सत्तारुढ भारतीय जनता पार्टीले नागरीकताका लागि फास्ट ट्रयाकको निर्माण गर्दै हिन्दुस्तनलाई छिमेकी देशहरुका प्रतडित हिन्दुहरुको पनि स्थान बनाउन खोज्दा कतै मुसलमान समुदाय र गैर हिन्दु अन्य समुदायहरु बिभेदमा परेका त हैनन, यो एउटा सर्वोपरि प्रश्न भएको छ ।
The terrorist.
He fired in #ShaheenBagh.
Is anyone doing any effort to de-radicalised these kind of fanatic Hindu youth in India? pic.twitter.com/vK869zEYv2
— Ovais Sultan Khan (@OvaisSultanKhan) February 1, 2020
उत्तर प्रदेशको जेवर शहरबाट आएका यि किशोरका छिमेकी, शिक्षक अनि साथीहरुका अनुसार यिनी शालिन र सभ्य स्वभावका थिए । प्रहरीले आफ्नो गाँउठाँउमा हिन्दु समुदायमाथि दमन गरेका कुरालाई लिएर यिनले साथीभाईलाई आफूले एकदिन हिन्दुत्वको रक्षार्थ केहि गर्ने बताएका थिए । मेरा साथी हिन्दुत्व रक्षार्थ केहि ठूला काम गर्न चाहन्थे अनि गरेर देखाइ भनी यिनका सहपाठी शिभमले बताएका छन् । शिभमका अनुसार एक वर्ष देखि यिनका साथीले केहि गर्ने र हिन्दुत्व विरोधीलाई सखाप पार्ने बताएका थिए । यिनले घरायशी रुपमा निर्माण गरेको आधारभूत बन्दुक चलाएर र्यालीमा एकजना कश्मिरी बिधार्थीलाई घाइते पनि बनाए, प्रहरीले यिनलाई तत्कालै समातेको थियो । यि किशोरको वाट्सएप हेर्दा एकदिन अघि यिनले आफ्ना साथीहरुसंग ७ हजार भारु मागेको पाइएको छ ।
लाइभमाण्डु