Lifestyle Portal
  •   २१ मंसिर २०७८, मंगलवार

को बन्छ हाम्रो सेल्फि किङ कन्टेस्ट विजेता घोषणाको प्रत्यक्ष प्रशारणमा विपिन कार्की

२१ माघ २०७६, मंगलवार १८:५१

लोकप्रिय

हाम्रो पात्रो तथा नेपाली चलचित्र सेल्फी किङबिचको सहकार्य “हाम्रो सेल्फी किङ्ग” Contest का एक जना भाग्यशाली विजेताको घोषणा अभिनेता विपिन कार्की निर्देशक विशाल सापकोटाले हाम्रो पात्रोको फेसबुक पेजबाट सार्वजनिक गर्नुभएको छ ।

यही माघ २४ गते प्रदर्शनको तयारीमा रहेको चलचित्र सेल्फि किङले दर्शकलाई चलचित्र अभिनयको यात्राका लागि सरिक गराउनका लागि यो कन्टेस्टको आयोजना भएको हो । आज प्रत्यक्ष प्रशारण मार्फत भएको “हाम्रो सेल्फी किङ्ग” Contest को पहिलो विजेता दिवस पोखरेल (हाम्रो कम्यूनिटी ह्याण्डलमा Deewos Pokhrel अकाउण्ट) हुनुभएको छ । वहाँले भोली हुने प्रिमियरको २ वटा टिकेटका साथै काठ्माण्डौस्थित एक्टर्स स्टूडियोमा ३ महिनाको एक्टिङ कोर्सको स्कलर प्राप्त गर्नुभएको छ ।

यस्तो छ विजेता तस्वीरः

साथै प्रत्यक्ष प्रशारण मार्फत् भोलीको प्रिमियरका लागि १० जना अन्य विजेताहरुको पनि नाम सार्वजनिक गरिएको छ । विजेताहरुले विशेष पुरस्कार अन्तर्गत २-२ ओटा प्रिमियरको पास प्रदान गरिनेछ। सेल्फी पोष्ट गर्ने अन्तिम मिति माघ २० गते (February 3) सम्म रहेको थियो ।

चलचित्र यही माघ २४ गते फेब्रुअरी ७ का दिन रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

बलिउडका सुप्रसिद्ध कलाकार अनुपम खेर नेपाल आएका छन् । सुरज बड्जात्याको निमार्ण र निर्देशन रहने चलचित्र ‘उचाइ’को छायांकनका लागि उनी

काठमाण्डौ । ताप्लेजुङका भरतमणि पौडेलले ‘कमेडी च्याम्पियन सिजन २’ को बिजेताको उपाधी जितेका छन् । उनले उपहारमा डाट्सन (Datson)को कार

ताप्लेजुङ । कमेडी च्याम्पियन सिजन २ मा उत्कृष्ट तीनभित्र पर्न सफल भरतमणि पौडेललाई गृहजिल्ला ताप्लेजुङमा मंगलबार स्वागत गरिएको छ ।

काठमाण्डौ । बलिउड अभिनेता अमिताभ बच्चन नेपाल आउने भएका छन् । सिनेमा छायाँकनका लागि उनी नेपाल आउन लागेका हुन् ।